2026-09-19 03:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

होलेसुङ–जनकराज गोल्डकपको उपाधि ‘ओम शिवशक्ति युवा समाज हलेसीलाई’

चिसाङ शेर्पा | असोज २७, खोटाङ | होलेसुङ –जनकराज राई मार्ग गोल्डकपको उपाधि ‘ओम शिवशक्ति युवा समाज हलेसी’ले आफ्ना पोल्टामा पारेका छन् । साकेला सिली फुटबल क्लब दुर्छिम खोटाङको आयोजनामा सञ्चालन भएको नगरपालिकाकै ठूलो धनराशीे गोल्डकपमा ओम शिवशक्ति युवा समाज हलेसीले हलेसी तुवाचुङ स्पोर्टस क्लवलाई ३ – ० गोल अन्तरले पराजित  गर्दै गोल्डकपको उपाधी जितेको हो ।

 

विहिवार समापन भएको खेलका प्रथम विजयी टिम ओम शिवशक्ति युवा समाज हलेसीले रनिङ कपका साथमा नगद ५० हजार, दितीय हलेसी तुवाचुङ स्पोर्टस क्लवले २५ हजार र प्रमाणपत्र प्राप्त गरेका छन् । हलेसी तुवाचुङ नगरपालिका पाँचस्थिगत कृष्णराम–मोतीप्रसाद राई रंगशालामा सञ्चालित गोल्डकपमा सेमिफाईनल खेलवाट वाहिरिएका साईनो युवा क्लव र सप्तेश्वर भुक्तो युवा क्लवले दश/दश हजार नगद तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

यस्तै, खेलका उत्कृष्ट गोल किपर ओम शिवशक्ति युवा समाज हलेसीका सुजन गुरुङ, सोही टिमका सर्वाधिक गोलकर्ता समिर खड्का, डिफेण्डर गोपाल लिम्बु साईनो युवा क्लव, मिड फिल्डर साईनो युवा क्लव सञ्जय तामाङ, स्ट्राईकर प्रवेश राई हलेसी तुवाचुङ स्पोर्टस क्लव, सोही टिमका छोटो समयका गोलकर्ता प्रवेश राई र ओम शिवशक्ति युवा समाज हलेसीका नरेश श्रेष्ठ उत्कृष्ट कोच ठहरिएका रहेका थिए । सवै उत्कृष्ठ खेलाडीहरुले ‘अमृता अदिलसेर राई मुइमा लाम वेष्ट’ नामक वेस्ट अवार्डवाट जनही दुई/दुई हजार, मेडल र प्रमाणपत्र पाएका छन् ।

विजयी खेलाडीलाई वधाईका साथमा हलेसी तुवाचुङ नगरपालिकाका उप – प्रमुख विमला राई र सोही नगरपालिका पाँचका वडाध्यक्ष रमेश तिवारी र होलेसुङ – जनकराज राई मार्ग गोल्डकपका प्रायोजक जनकराज राईले विजयी टिम तथा उत्कृष्ट खेलाडीहरुलाई वधाईसहित  पुरस्कार वितरण गरेका थिए । 

गत असोज २० गतेवाट सुरु भएको खेलमा २१ टिमले सहभागिता जनाएका आयोजक साकेला शिली फुटवल क्लवका अध्यक्ष कमल चाम्लिङले जानकारी दिनभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई