२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

५० हजार राशिको लागि अन्तिम भिडन्त रिडिकोट र कालिमाटी बिच

२०७४, २७ आश्विन शुक्रबार १४:४५

कमल रावल | असोज २७, अछाम | अछामको रिडीकोटमा जारी जिल्लामै ठुलो धनराशि ५० हजार राशिको क्रिकेट प्रतियोगिताको उपाधिका लागि रिडीकोट युुवा क्लब रिडीकोट र वैद्यनाथ युवा क्लब कालिमाटी भिड्ने भएका छन । 

बडासैन खेल मैदान रिडीकोटमा भएको पहीलो सेमिफाईनलमा त्रिपुरा सुन्दरी युवा क्लब लुग्रालाई १९ रनले पराजित गर्दै कालिमाटी फाईनलमा प्रवेश गरेको हो । ट्स जितेर पहीले ब्याटिग गरेको कालिमाटीले निर्धारित १२ ओभरमा ७ विकेट गुमाएर ९६ रन बनाएको थियो । 

जवाफमा लुग्राले निर्धारित १२ ओभरमा ८ विकेट गुमाएर ७७ रन जोडेको थियो । दोस्रो सेमिफाईनलमा किर्डन ग्राडेन बोर्डीग स्कुल साफेबगरलाई ४४ रनले पराजित गर्दै रिडीकोट उपाधि नजिक पुगेको हो । रिडीकोटले टस जितेर पहीले ब्याटिग गर्दै ब्याडसम्यान टिकाराम पालको ४६ तथा ईश्वर कुमालको ३८ रनको मद्दतले निर्धारित १२ ओभरमा ४ विकेट गुमाएर  १ सय ५१ जोडेको थियो । जवाफमा साँफेबगरले १२ ओभरमा ८ विकेट गुमाएर १ सय ७ रन मात्र जोडन सकेको थियो । फाईनल खेल भोली ( शनिबार ) १ बजे हुने बताईएको छ । 

यस अघि भएका २ वटा ठुला राशि मध्ये २०७० को प्रथम जिल्ला स्तरिय प्रतियोगिता २५ हजार राशिको रेडीयो रामारोशनले जितेको थियो भने त्यसपछीका २१ हजार राशिको प्रतियोगिता कालिका युवा क्लब बागभिड्ले जितेको थियो । अहीले सम्म रिडीकोट र कालिमाटी बडासैनमा फाईनल उपाधिका लागी कहीले पनी भिडेका छैनन । असोज २४ गतेबाट सुरु भएको प्रतियोगितामा जिल्लाका १२ वटा टिमले सहभागिता जनाएका थिए । यि २ टिम बिच फाईनल खेल निकै प्रतिस्पर्धात्मक हुने खेल प्रेमिले बताएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना