Skip to content
Friday, July 17, 2026 Nepali Online Media

नेपालमै पहिलो पटक हेटौंडामो हक्की खेलको एम्पायरिङ तालिम

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>कत्तिक २२, मकवानपुर |</b> राष्ट्रिय खेलकुद परिषद् अन्तर्गतको नेपाल खेलकुद विज्ञान प्रतिष्ठानको आयोजना तथा नेपाल हक्की संघको प्राविधिक सहयोगमा नेपालमै पहिलो पटक हेटौंडामा आयोजना गरेको हक्की खेलको एम्पायरिङ तालिम आज सम्पन्न भएको छ ।&nbsp;<br></p><p>तालिममा साविकका ५ विकास क्षेत्र र नेपाली सेनाको तर्फबाट २/२ जना गरी कुल १२ जनाको सहभागिता रहेको थियो । तालिममा दक्षिण एसियाली हक्की प्रतियोगितामा कास्य पदक विजेता विमला भट्टसहित ३ महिला खेलाडीले पनि सहभागीता जनाएका थिए ।&nbsp;</p><p>हक्की खेलका अन्तर्रा्ष्ट्रिय एम्पायर सकिल कुरेसीले सहभागि १२ जना खेलाडीलाई एम्पाएर तालिमको प्रशिक्षण दिएको र तालिमसँगै परीक्षा लिएर उत्तीर्ण हुनेलाई एम्पायरको लाइसेन्स समेत प्रदान गरिएको हक्की संघका उपाध्यक्ष अनिल शर्माले जानकारी दिनुभयो ।</p>