८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

राष्ट्रिय करातेमा खोटाङको उत्कृष्ठ प्रर्दशन, चार जनाले जिते राष्ट्रिय पदक

२६ कार्तिक २०७४, आईतवार १३:३७

चिसाङ शेर्पा/कार्तिक २६, खोटाङ । प्रथम राष्ट्रिय खेलकुद परिषद कप तथा ५० औं राष्ट्रिय कराते प्रतियोगिता अन्तरगत खोटाङ पुर्वाञ्चल टिममा पहिलो भएको छ । 

पुर्वाञ्चलवाट कराँतेका विभिन्न विधामा २३ खेलाडी छनौट भएका मध्ये खोटाङका ४ खेलाडी राष्ट्रिय टिममा छनौट भएर करातेको ईतिहासमा खोटाङले नौलो रेर्कड कायम गरेको हो । २ रजत २ कास्य पदक जित्दै पुर्वाञ्चलवाट सहभागी अन्य खेलाडीहरुमध्ये उत्कृष्ट स्थान प्रर्दशन गरेका हुन् ।

शुक्रवार काठमाण्डौस्थित त्रिपुरेश्वर कर्वडहल भएको पुरुष कुमितेमा ५५ केजी तौल समुहमा नवीन राई, ६० केजी तौल समुहतर्फ सन्तोष राईले रजद पदक जित्दै करातेमा खोटाङलाई अब्बल सावित गरेको हुन् । नविन, नेपाल पुलिस क्लवका सोनाम लामा र सन्तोष पुलिस क्लवकै रविन्द्र कार्कीसंग पराजित भएका हुन् । 


खोटाङकै, महिला कुमितेमा ५५ केजी तौलमा विध्याकला राई, ६८ प्लस केजी तौलमा मिसडोना राईले कास्य पदकमा वाजी मारेर खोटाङ करातेलाई माथी पु¥र्याएको नेपाल सितोरियो करातेसंघ खोटाङका अध्यक्ष तथा राष्ट्रिय खेलाडी छनौटका लागि पुर्वाञ्चल टिम प्रशिक्षक सञ्जय कुमार राइले जानकारी दिनुभयो । 

“राष्ट्रिय प्रतियोगितामा हामी अगाडी भयौ, २ रजत २ कास्य पदक पाएका छौ, यो आम खोटाङगेहरुका लागि गौरवको विषय हो । प्रशिक्षक राईले भने, “अझै यो भन्दा माथी जान जिल्लामा खेलकुदलाई पहिलो प्राथमिकतामा राखिनुपर्छ । यहाँ खेलकुदलाई अतिरिक्त क्रियाकलापमा राख्न खोज्छन् । त्यो मानशिकता हटाएर सवैले आ–आफ्नो स्थानवाट सहयोग गरे पुर्वाञ्चल प्रथम मात्रै नभई राष्ट्रिय प्रतियोगितामै उत्कृष्ट प्रर्दशन गर्न सकिने छ । खेलाडी बनाउने आँट, क्षमता र जनशक्ति हामीसंग रहेको छ ।”

यसैगरी, प्रतियोगितामा ५० केजी तौल समुहमा बिवेक थापा मोरङ, ४० केजी तौल समुहमा झापाका ओशिष श्रेष्ठ, ५० केजी तौल समुहमा ईलामकी पृती वस्नेत र ६८ माईनस केजी तौलमा मोरङकी कृति दुलालले कास्य पद जितेकी छन् । हप्तादिन अघि पुर्वाञ्चल छनौट प्रतियोगितामा ७ स्वर्ण ३ रजत ५ कास्यसहित पुर्वाञ्चल प्रथम भएका खोटाङले राष्ट्रिय टिमका लागि भने स्वर्ण जित्न सकेनन् ।

राष्ट्रिय टिममा छनौट खेलाडीहरुले सन २०१८ मा ईण्डोनेशियाको जकार्तामा हुने १८ औ एसियन तथा सन २०१९ मा नेपालले आयोजना गर्ने १३ औ साउथ एशियन गेम खेल्न पाउँनेछन् । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता