२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

राष्ट्रिय करातेमा खोटाङको उत्कृष्ठ प्रर्दशन, चार जनाले जिते राष्ट्रिय पदक

२०७४, २६ कार्तिक आईतवार १३:३७

चिसाङ शेर्पा/कार्तिक २६, खोटाङ । प्रथम राष्ट्रिय खेलकुद परिषद कप तथा ५० औं राष्ट्रिय कराते प्रतियोगिता अन्तरगत खोटाङ पुर्वाञ्चल टिममा पहिलो भएको छ । 

पुर्वाञ्चलवाट कराँतेका विभिन्न विधामा २३ खेलाडी छनौट भएका मध्ये खोटाङका ४ खेलाडी राष्ट्रिय टिममा छनौट भएर करातेको ईतिहासमा खोटाङले नौलो रेर्कड कायम गरेको हो । २ रजत २ कास्य पदक जित्दै पुर्वाञ्चलवाट सहभागी अन्य खेलाडीहरुमध्ये उत्कृष्ट स्थान प्रर्दशन गरेका हुन् ।

शुक्रवार काठमाण्डौस्थित त्रिपुरेश्वर कर्वडहल भएको पुरुष कुमितेमा ५५ केजी तौल समुहमा नवीन राई, ६० केजी तौल समुहतर्फ सन्तोष राईले रजद पदक जित्दै करातेमा खोटाङलाई अब्बल सावित गरेको हुन् । नविन, नेपाल पुलिस क्लवका सोनाम लामा र सन्तोष पुलिस क्लवकै रविन्द्र कार्कीसंग पराजित भएका हुन् । 


खोटाङकै, महिला कुमितेमा ५५ केजी तौलमा विध्याकला राई, ६८ प्लस केजी तौलमा मिसडोना राईले कास्य पदकमा वाजी मारेर खोटाङ करातेलाई माथी पु¥र्याएको नेपाल सितोरियो करातेसंघ खोटाङका अध्यक्ष तथा राष्ट्रिय खेलाडी छनौटका लागि पुर्वाञ्चल टिम प्रशिक्षक सञ्जय कुमार राइले जानकारी दिनुभयो । 

“राष्ट्रिय प्रतियोगितामा हामी अगाडी भयौ, २ रजत २ कास्य पदक पाएका छौ, यो आम खोटाङगेहरुका लागि गौरवको विषय हो । प्रशिक्षक राईले भने, “अझै यो भन्दा माथी जान जिल्लामा खेलकुदलाई पहिलो प्राथमिकतामा राखिनुपर्छ । यहाँ खेलकुदलाई अतिरिक्त क्रियाकलापमा राख्न खोज्छन् । त्यो मानशिकता हटाएर सवैले आ–आफ्नो स्थानवाट सहयोग गरे पुर्वाञ्चल प्रथम मात्रै नभई राष्ट्रिय प्रतियोगितामै उत्कृष्ट प्रर्दशन गर्न सकिने छ । खेलाडी बनाउने आँट, क्षमता र जनशक्ति हामीसंग रहेको छ ।”

यसैगरी, प्रतियोगितामा ५० केजी तौल समुहमा बिवेक थापा मोरङ, ४० केजी तौल समुहमा झापाका ओशिष श्रेष्ठ, ५० केजी तौल समुहमा ईलामकी पृती वस्नेत र ६८ माईनस केजी तौलमा मोरङकी कृति दुलालले कास्य पद जितेकी छन् । हप्तादिन अघि पुर्वाञ्चल छनौट प्रतियोगितामा ७ स्वर्ण ३ रजत ५ कास्यसहित पुर्वाञ्चल प्रथम भएका खोटाङले राष्ट्रिय टिमका लागि भने स्वर्ण जित्न सकेनन् ।

राष्ट्रिय टिममा छनौट खेलाडीहरुले सन २०१८ मा ईण्डोनेशियाको जकार्तामा हुने १८ औ एसियन तथा सन २०१९ मा नेपालले आयोजना गर्ने १३ औ साउथ एशियन गेम खेल्न पाउँनेछन् । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना