2026-09-19 05:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

बाक्सिलामा प्रथम गाउँपालिका प्रमुख कप राष्ट्रिय कराते प्रतियोगिता हुने

चिसाङ शेर्पा/मंसिर १४, खोटाङ ।  खोटाङको केपिलासगढी गाउँपालिका बाक्सिलामा ‘प्रथम केपिलासगढी गाउँपालिका प्रमुख कप आमन्त्रित राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ । 

केपिलासगढी गाउँपालिका, नेपाल सितोरियो करातेसंघको संयुक्त आयोजनामा आगामी मंसिर २६/२७ गते दुई दिवसिय आमन्त्रित राष्ट्रिय कराते प्रतियोगिता हुने संघले बुधवार दिक्तेलस्थित ईन्द्रेणी होटलमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । 

“स्वस्थ र सभ्य समाज निर्माणका लागि खेलकुदको बिकास गरौ” भन्ने मुल उद्देश्यका साथ हुने राष्ट्रिय प्रतियोगितामा आयोजक टिम बाक्सिलासहित कास्की, सोलुखुम्बु, उदयपुर, ओखलढुंगा, सिराह, तेह्रथुम, संखुवासभा, कैलाली, सिन्धुपाल्चोक, सिन्धुली, खोटाङगरी १२ टिमको सहभागिता रहने बाक्सिला डोजो प्रमुख देउधन राईले बताउनुभयो । 

प्रतियोगिता अन्तरगत पुरुष कुमितेमा ३० केजी तौल समुह, ३५ केजी तौल समुह, ४० केजी तौल समुह, ४५ केजी तौल समुह, ५० केजी तौल समुह, ५५ केजी तौल समुह, ६० केजी तौल समुह, ६७ केजी तौल समुह र ७५ केजी तौल समुह रहनेछ । 

महिला कुमिते तर्फ ४० केजी तौल समुह, ४५ केजी तौल समुह, ५० केजी तौल समुह, ५५ केजी तौल समुह, ६० केजी तौल समुह, ६८ केजी तौल समुह तथा पुरुष÷महिला एकल कातातर्फ १/१ सहित १७ स्वर्णपदक, १७ रजतपदक ३४ कास्यपदकका निमित्त २०४ जना खेलाडीले प्रतिष्पर्धा गर्नेछ ।

प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्ने टिमलाई नगद ५० हजार, दोश्रो हुने टिमलाई ३० हजार र तेश्रो हुने टिमलाई २० हजारका साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजक नेपाल सितोरियो कराते संघका जिल्ला अध्यक्ष सञ्जयकुमार राईले बताए । गाउँपालिका र चन्दा संकलनबाट जम्मा हुने साँढे नौ लाखको खर्चमा प्रतियोगीतामा गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई