२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

बाक्सिलामा प्रमुख कप आमन्त्रित राष्ट्रिय कराते प्रतियोगिता शुरु

२०७४, २६ मंसिर मंगलवार १३:२३

चिसाङ शेर्पा/मंसिर २६, खोटाङ ।  खोटाङको बाक्सिलामा ‘प्रथम केपिलासगढी गाउँपालिका प्रमुख कप आमन्त्रित राष्ट्रिय कराते प्रतियोगिता शुरु भएको छ । 

“स्वस्थ र सभ्य समाज निर्माणका लागि खेलकुदको बिकास गरौ” भन्ने नाराका साथमा मंगलबारवाट केपिलासगढी गाउँपालिका –४ बाक्सिलास्थित पृथ्वी माध्यमिक बिद्धालयको खेलमैदानमा बृहत राष्ट्रिय कराँते प्रतियोगिता शुरु भएको हो ।

केपीलासगढी गाउँपालिका बाक्सिला र नेपाल सितोरियो कराते संघ जिल्ला शाखा दिक्तेलको संयुक्त आयोजनामा शुरु भएकोे दुई दिवसिय आमन्त्रित राष्ट्रिय कराते प्रतियोगिताको उद्घाटनसंगै तीनवटा प्रतियोगिता भएको छ । केपिलासगढी गाउँपालिका प्रमुख कृष्ण कुमार राईले ब्यानर खोलेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियोे 

महिला कुमितेमा फाईट गर्दै  खोटाङका जस्मिना राई र उनका प्रतिद्धन्दी ओखलढुंगाकी निरुता तामाङ तस्विर: चिसाङ शेर्पा, खोटाङ, सास

निर्धारित समयभन्दा ढिला भएको कार्यक्रममा महिला एकलकाता ईभेण्ट सम्पन्न भएको छ । खोटाङका रोष्मा राई प्रथम, साङगे शेर्पा सिन्धुपाल्चोक द्धितीय, गोमा राई भोजपुर र शर्मिला श्रेष्ठ ओखलढुंगा तृतिय भएकी छन् ।

पुरुष एकलकातातर्फ ओखलढुंगाका अरुण श्रेष्ठ प्रथम भएका छन् । समय अभावका कारण खोटाङका मेतीचन्द्र राई र उदयपुरका सनम मगर सेमिफाईनलमा प्रवेश गरेका छन् । उनीहरु बुधवार दोश्रो स्थानका लागि प्रर्तिसपर्धा गर्नेछन् । सिन्धुपाल्चोकका बुद्धिमान तामाङ तेश्रो भएका छन् । 


यस्तै महिला÷पुरुष कुमितेको दुईवटा क्वाटरफाईनल खेल सकिएको छ । ६१ केजी तौल समुह अन्तरगत खोटाङका जस्मिना राईलाई पराजित गर्दै ओखढुंगाका निरुता तामाङ महिला कुमितेको सेमिफाईनलमा पुगेकी छन् । सिन्धुपाल्चोकका संजिव गोलेलाई पराजित गर्दै बाक्सिला डोजोका रुरीहाङ राई पुरुष कुमितेको सेमिफाईनलमा पुगेका छन् 

आयोजक टिम बाक्सिलासहित खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, सिराह, तेह्रथुम, भोजपुर, नवरपरासी र सिन्धुपाल्चोक गरी ९ जिल्लाका १० जना निर्णायक र  १ सय १० खेलाडीले सहभागिता जनाएको नेपाल सितोरियो कराते संघका जिल्ला अध्यक्ष सञ्जयकुमार राईले बताए । १७ स्वर्णपदक, १७ रजतपदक ३४ कास्यपदकका लागि प्रतियोगिता भईरहेको हो ।


प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्ने टिमलाई नगद ५० हजार, दोश्रो हुने टिमलाई ३० हजार र तेश्रो हुने टिमलाई २० हजारका साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजक बाक्सिला डोजो प्रमुख देउधन राईले बताए । कार्यक्रममा नेपाल कराते महासंघका प्रबक्ता राजेश अधिकारी, खोटाङ कराते संस्थापक बरिष्ठ प्रशिक्षक नवराज राई, किरात राई खेलकुदसँग केन्द्रिय सचिव गंगा राईको उपस्थिती रहेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना