८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

बाक्सिलामा प्रमुख कप आमन्त्रित राष्ट्रिय कराते प्रतियोगिता शुरु

२६ मंसिर २०७४, मंगलवार १३:२३

चिसाङ शेर्पा/मंसिर २६, खोटाङ ।  खोटाङको बाक्सिलामा ‘प्रथम केपिलासगढी गाउँपालिका प्रमुख कप आमन्त्रित राष्ट्रिय कराते प्रतियोगिता शुरु भएको छ । 

“स्वस्थ र सभ्य समाज निर्माणका लागि खेलकुदको बिकास गरौ” भन्ने नाराका साथमा मंगलबारवाट केपिलासगढी गाउँपालिका –४ बाक्सिलास्थित पृथ्वी माध्यमिक बिद्धालयको खेलमैदानमा बृहत राष्ट्रिय कराँते प्रतियोगिता शुरु भएको हो ।

केपीलासगढी गाउँपालिका बाक्सिला र नेपाल सितोरियो कराते संघ जिल्ला शाखा दिक्तेलको संयुक्त आयोजनामा शुरु भएकोे दुई दिवसिय आमन्त्रित राष्ट्रिय कराते प्रतियोगिताको उद्घाटनसंगै तीनवटा प्रतियोगिता भएको छ । केपिलासगढी गाउँपालिका प्रमुख कृष्ण कुमार राईले ब्यानर खोलेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियोे 

महिला कुमितेमा फाईट गर्दै  खोटाङका जस्मिना राई र उनका प्रतिद्धन्दी ओखलढुंगाकी निरुता तामाङ तस्विर: चिसाङ शेर्पा, खोटाङ, सास

निर्धारित समयभन्दा ढिला भएको कार्यक्रममा महिला एकलकाता ईभेण्ट सम्पन्न भएको छ । खोटाङका रोष्मा राई प्रथम, साङगे शेर्पा सिन्धुपाल्चोक द्धितीय, गोमा राई भोजपुर र शर्मिला श्रेष्ठ ओखलढुंगा तृतिय भएकी छन् ।

पुरुष एकलकातातर्फ ओखलढुंगाका अरुण श्रेष्ठ प्रथम भएका छन् । समय अभावका कारण खोटाङका मेतीचन्द्र राई र उदयपुरका सनम मगर सेमिफाईनलमा प्रवेश गरेका छन् । उनीहरु बुधवार दोश्रो स्थानका लागि प्रर्तिसपर्धा गर्नेछन् । सिन्धुपाल्चोकका बुद्धिमान तामाङ तेश्रो भएका छन् । 


यस्तै महिला÷पुरुष कुमितेको दुईवटा क्वाटरफाईनल खेल सकिएको छ । ६१ केजी तौल समुह अन्तरगत खोटाङका जस्मिना राईलाई पराजित गर्दै ओखढुंगाका निरुता तामाङ महिला कुमितेको सेमिफाईनलमा पुगेकी छन् । सिन्धुपाल्चोकका संजिव गोलेलाई पराजित गर्दै बाक्सिला डोजोका रुरीहाङ राई पुरुष कुमितेको सेमिफाईनलमा पुगेका छन् 

आयोजक टिम बाक्सिलासहित खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, सिराह, तेह्रथुम, भोजपुर, नवरपरासी र सिन्धुपाल्चोक गरी ९ जिल्लाका १० जना निर्णायक र  १ सय १० खेलाडीले सहभागिता जनाएको नेपाल सितोरियो कराते संघका जिल्ला अध्यक्ष सञ्जयकुमार राईले बताए । १७ स्वर्णपदक, १७ रजतपदक ३४ कास्यपदकका लागि प्रतियोगिता भईरहेको हो ।


प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्ने टिमलाई नगद ५० हजार, दोश्रो हुने टिमलाई ३० हजार र तेश्रो हुने टिमलाई २० हजारका साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजक बाक्सिला डोजो प्रमुख देउधन राईले बताए । कार्यक्रममा नेपाल कराते महासंघका प्रबक्ता राजेश अधिकारी, खोटाङ कराते संस्थापक बरिष्ठ प्रशिक्षक नवराज राई, किरात राई खेलकुदसँग केन्द्रिय सचिव गंगा राईको उपस्थिती रहेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता