2026-08-26 11:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

राष्ट्रिय कराते प्रतियोगितामा खोटाङको वर्चस्व, सोलुखुम्बु दोश्रो

चिसाङ शेर्पा/मंसिर २८, खोटाङ । ‘प्रथम केपिलासगढी गाउँपालिका प्रमुख कप आमन्त्रित राष्ट्रिय कराते प्रतियोगितामा खोटाङ पहिलो भएको छ । 

दुई दिवसिय राष्ट्रिय कराते प्रतियोगितामा खोटाङले १२ स्वर्ण, ३ रजत १ कास्यपदक ल्याएर करातेमा ह्याट्रिक गरेको हो । “स्वस्थ र सभ्य समाज निर्माणका लागि खेलकुदको बिकास गरौ” भन्ने मुल नाराका साथमा केपिलासगढी गाउँपालिका ४ बाक्सिलास्थित पृथ्वी उच्च माबिको खेलमैदानमा बुधबार सम्पन्न राष्ट्रिय कराँते प्रतियोगिताको उपाधी खोटाङले जितेको हो ।   

सोलुखुम्बुले २ स्वर्ण २ कास्यपदक जितेर दोश्रो तथा १ स्वर्ण ४ कास्यपदक जितेर ओखलढुंगा तेश्रो भएका छन् । तेह्रथुमले अनुशासित टिम, नवलपरासीले उत्कृष्ट टिम व्यावस्थापन तथा खोटाङका नबिन राई र सिराहका निरमाया आले मगरले उत्कृष्ट खेलाडीको पुरस्कार पाएका छन् ।  

प्रतियोगितामा पुरुष कुमितेको ३० केजी तौल समुहमा धिरज राई खोटाङ प्रथम, कुमार तामाङ उदयपुर दोश्रो र आयोजक बाक्सिला योञ्जन राई तथा अरुण श्रेष्ठ ओखलढुंगा तेश्रो, ३५ केजी तौल समुहमा खोटाङकै रोशन श्रेष्ठ प्रथम, सिन्धुपाल्चोकका दिनेश भण्डारी दोश्रो र आयोजकका रोशन राई तथा ओखलढुंगाका पारस राई तेश्रो तथा ४० केजी तौल समुह अन्तरगत खोटाङका पर्शुराम राई पहिलो, सिन्धुपाल्चोकका प्रशान्त राइ दोश्रो, आयोजक प्रज्ज्वल लिम्बु तथा सिराहका निश्चल लामा तेश्रो, ४५ केजी तौल समुहमा सोलुखुम्बुका सुजन राई पहिलो, खोटाङका उत्साह राई दोश्रो तथा सिन्धुपाल्चोकका उमेश भुजेल र आयोजक बाक्सिलाका महेश राई तेश्रो भएका थिए । 

यस्तै, पुरुष कुमिते ५० केजी तौल समुहमा ओखलढुंगाका मिलन राई प्रथम, खोटाङका मोतीचन्द्र राई दोश्रो, सिराहका आकाश थापा र सोलुखुम्बुका बिकल राई तेश्रो, ५५ केजी तौल समुहमा खोटाङका नबिन राई प्रथम, सिराहका दिलिप पासवन दोश्रो तथा आयोजक रुरीहाङ राई र तेह्रथुमका युनिक आचार्य तेश्रो भएका छन् ।

६७ केजी तौल समुहमा खोटाङका सुजन राई पहिलो, ओखलढुंगाका बसन्त राई दोश्रो, नवलपरासीका सुवास कुमाल तथा सिन्धुपाल्चोकका अनिल श्रेष्ठ तेश्रो र ७५ केजी तौल समुह अन्तरगत खोटाङका ईश्वरधन राई पहिलो, नवलपरासीका अनिष श्रेष्ठ दोश्रो र सोलुम्बुका हरीकाजी राई र आयोजक बाक्सिलाका माउण्टेन राई तेश्रो भएका छन् । 

महिला कुमितेको ४० केजी तौल समुहमा निशा राई खोटाङ प्रथम, गायत्री मगर उदयपुर दोश्रो, डुनु राई सोलुखुम्बु र मन्जरी जिमी तेह्रथुम तेश्रो, ४५ केजी तौल समुहमा सिराहका निरमाया आले पहिलो, सोलुखुम्बुका बिना राई दोश्रो, खोटाङका युनिका राई र उदयपुरका चाँदनी राई तेश्रो भएकी छन् । ५० केजी तौल समुह अन्तरगत खोटाङका रोश्मा राई प्रथम, सिन्धुपाल्चोकका प्रिया राई दोश्रो, सिराहका खुश्बु खड्का तथा सोलुखुम्बुका भावना राई तेश्रो भएकी छन् । 

यस्तै, महिलाकै ५५ केजी तौल समुह कुमितेमा खोटाङका विधाकला राई प्रथम, सङछु डोल्मा तामाङ आयोजक दोश्रो र नवलपरासीका अन्जली बिक तथा ओखलढुंगाका सर्मिला श्रेष्ठ तेश्रो भएका थिए । ६१ केजी तौल समुहमा आयोजक समिता राई प्रथम, सोना राई सोलुखुम्बु दोश्रो, आयुष खापुन तेह्रथुम र निरुता तामाङ ओखलढुंगा तेश्रो तथा ६८ केजी तौल समुहमा मिसडोना राई खोटाङ पहिलो, बिनिता श्रेष्ठ ओखलढुंगा दोश्रो र ईशा राई सोलुखुम्बु, साङगे शेर्पा सिन्धुपाल्चोक तेश्रो भएकी हुन् ।

यसैगरी, करातेको अर्को विधा महिला÷पुरुष एकलकाता ईभेण्टमा खोटाङले बाजी मारेको छ । महिलामा रोष्मा राई र पुरुषमा मोतीचन्द राईले पहिलो स्थान ल्याएका हुन् । सिन्धुपाल्चोककी साङगे शेर्पा द्धितीय, भोजपुरका गोमा राई र ओखलढुंगाका शर्मिला श्रेष्ठ तृतिय भएकी छन् । पुरुषतर्फ अरुण श्रेष्ठ ओखलढुंगा द्दितीय तथा सिन्धुपाल्चोकका बुद्धिमान तामाङ र  सिराहका सनम मगर तेश्रो भएका आयोजक बाक्सिला डोजो प्रमुख देउधन राईले बताए ।

प्रतियोगिताका प्रथम टिम खोटाङले नगद ५० हजार, दोश्रा टिम सोलुखुम्बुले ३० हजार र तेश्रो टिम ओखलढुंगाले २० हजारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । बिजयी टिम, प्रशिक्षक, रेफ्री, सहयोगीदाता लगायतलाई केपिलासगढी गाउँपालिका प्रमुख कृष्ण कुमार राई, उपप्रमुख हिरा कुमारी बन गिरी, नेपाल कराते महासंघका प्रबक्ता राजेश अधिकारी, खोटाङ कराते संस्थापक बरिष्ठ प्रशिक्षक नवराज राईले पुरस्कार वितरण गर्नुभएको थियो ।  

केपीलासगढी गाउँपालिका बाक्सिला र नेपाल सितोरियो कराते संघ जिल्ला शाखा दिक्तेलको संयुक्त आयोजनामा भएको कार्यक्रममा १७ स्वर्णपदक, १७ रजतपदक ३४ कास्यपदकका लागि आयोजक टिम बाक्सिलासहित खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, सिराह, तेह्रथुम, भोजपुर, नवरपरासी र सिन्धुपाल्चोकका खेलाडीले प्रर्तिष्पर्धा गरेका थिए । 

कराते प्रतियोगितामा बिजयी टिमलाई प्रमाणपत्र, ट्रफी दिईदै आएको पुरानो परम्परालाई नगदराशी पुरस्कार वितरण गरेर खोटाङले रेर्कड ब्रेक गरेकोे नेपाल सितोरियो करातेसंघ खोटाङका अध्यक्ष सन्जयकुमार राईले बताए ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा संसदीय दलको आकस्मिक बैठक बस्दै नेप्से परिसूचक ३५.९२ अंकले घट्यो जुनसुकै चुनौती सामाना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ: रवि लामिछाने भोटेकोशी–त्रिशूली बाढीको ठूलो क्षतिः १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो भोटेकोशी बाढीबाट ३८४ पर्यटक सम्पर्कविहीन कोशी नदी खतरा तहमा, सुनसरी–सप्तरीमा सतर्कता अपनाउन आग्रह मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक रसुवा, नुवाकोट र धादिङ तीन महिना संकटग्रस्त क्षेत्र घोषणा प्रतिनिधि सभाको बैठक शुरू भोटेकोशी बाढीको त्रासः नुवाकोट र धादिङमा ७ शव फेला, खोजी तथा उद्धार जारी रसुवा हुँदै आएको बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक कैलाश मानसरोवर जान हिँडेका ५० पर्यटक सम्पर्कविहीन भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ताः नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता बनाउन रवि लामिछानेको अपिल त्रिशूलीमा बाढीको सतह बढ्दोः मलेखु र गल्छीका बस्ती सुरक्षित स्थानमा सारिँदै प्रधानमन्त्री शाहले बोलाए आपत्कालीन विपद् परिषद्को बैठक रसुवामा भीषण बाढीः १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा हेलिकप्टर परिचालन खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’