Skip to content
Friday, July 17, 2026 Nepali Online Media

फागुन ५ बाट हेटौँडा अन्तराष्ट्रिय गोल्डकप फुटबल हुने

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस १६, हेटौँडा । स्वर्गीय पत्रकार सुमन भोम्जनको स्मृतिमा स्थापना भएको सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले आयोजना गर्ने तेश्रो हेटौँडा अन्तराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता आगामी फागुन ५ गतेबाट १२ गतेसम्म हेटौँडामा हुने भएको छ ।

राष्ट्रिय ए डिभिजनको टिम सहितको अन्य टिमहरुको सहभागिता हुने प्रतियोगिता हेटौँडाको वन विज्ञान सस्थानमा हुने आज पत्रकार सम्मेलनको आयोजना गरि प्रतिष्ठानका अध्यक्ष भेष खड्गीले जानकारी दिए ।

पत्रकार सम्मेलनमा बोल्दै खड्गीलाई यो प्रतियोगिता अघिल्ला प्रतियोगिता भन्दा भब्य बनाईने बताए । पत्रकार सम्मेलनमा बोल्दै हेटौँडा अन्तराष्ट्रिय गोल्डकप फुटबलका संयोजक तथा प्रतिष्ठानका उपाध्यक्ष विशाल घोषले प्रतियोगितामा नेपाबाट ए डिभिजनमा प्रतिनिधित्व गरेका मनाङ मस्याङ्दी, थ्रि स्टार, एपिएफ सहभागि हुनेछन ।

यस्तै हेटौँडाको विजय युथ, खप्तड, झापा ११ तथा साहारा क्लबको सहभागिता रहने बताए ।प्रतियोगितामा कुल ६० लाख लागत लाग्ने अनुमान रहेको बताउँदै उनले प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई नगद २५ हजार तथा विधागत उत्कृष्ट खेलाडीहरुलाई १० हजार र म्यान अफ द म्याचमा ५ हजारको पुरस्कार दिईने बताए । प्रतिष्ठानले आउँदो पुस २५ र २६ गते हेटौँडामा खेलकुद पत्रकारिता तालिम दिईने बताइएको छ ।