2026-09-19 12:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

पूर्वाञ्चलको आयोजनामा आयोजित छैटौँ क्षेत्रीय तेक्वान्दो खेलमा सुनसरी प्रथम

पुस ३० सुनसरी  | राष्ट्रिय खेलकुद परिषद्को सहयोग तथा क्षेत्रीय तेक्वान्दो समिति पूर्वाञ्चलको आयोजनामा  इटहरीमा आयोजित छैटौँ पूर्वाञ्चल क्षेत्रीय तेक्वान्दो खेल प्रतियोगितामा सुनसरी ६ स्वर्ण र २ रजत पदक हात पार्दै टोली प्रथम बन्न सफल भएको छ । 

इटहरी उपमहानगरपालिका–४, कचना माविको खेल मैदानमा दुई दिनसम्म चलेको प्रतियोगितामा धनकुटाले ४ स्वर्ण र १ रजत पदक प्राप्त गर्दै दोस्रो स्थान तथा झापाले २ स्वर्ण र १ रजत पदक हात पार्दै तेस्रो स्थान हासिल गरेका छन् । आज बिहान सम्पन्न प्रतियोगितामा मोरङले १ स्वर्ण र ४ रजत तथा इलामले १ रजत पदकमा चित्त बुझाएका छन् । 

प्रतियोगिताअन्तर्गत पुरुषतर्फको ५४ केजी तैल समूहको खेलमा सुनसरीका डब्बु राईले स्वर्ण तथा इलामका सुदीप प्रधानले रजत पदक प्राप्त गरेका छन् । त्यसैगरी ५८ केजी तौल समूहको प्रतिष्पर्धामा सुनसरीका अरुण तिवारीले स्वर्ण तथा धनकुटाका असिम याखाले रजत पदक प्राप्त गरेका छन । यसैगरी ६३ केजी तौल समूहको खेलमा धनकुटाका शुक्र विकले स्वर्ण तथा मोरङका आयुष गिरीले रजत पदक प्राप्त गरेका छन् । 

त्यस्तै पुरुषतर्फको ६८ केजी तौल समूहको प्रतिष्पर्धामा धनकुटाका युद्ध विकले स्वर्ण र संखुवासभाका तीर्थबहादुर राउतले रजत पदक जितेका छन् । त्यसैगरी ७४ केजीतर्फको खेलमा झापाका नीरज चौहानले स्वर्ण तथा मिन्नत अन्सारीले रजत तथा ८४ केजीतर्फको खेलमा सुनसरीका अरुण लिम्बूले स्वर्ण र राजेश तामाङले रजत पदक प्राप्त गरेका छन् । त्यस्तै ८० केजी तौलमाथिका खेलमा सुनसरीका राजेश तामाङले बाई पाएर स्वर्ण पदक प्राप्त गरेका छन् । 

त्यस्तै महिलातर्फको ४३ केजीमा धनकुटाका विनिता घिमिरेले स्वर्ण र झापाका लक्ष्मी राजवंशीले रजत तथा ४९ केजी तौल समूहको खेलमा सुनसरीकी सोनी लिम्बूले स्वर्ण तथा मोरङकी सुदेश्ना गुरुङले रजत पदक प्राप्त गरे । 

त्यस्तै ५३ केजीतर्फको खेलमा सुनसरीकी अञ्जली चौधरीले स्वर्ण र धनकुटाकी पार्वती राईले रजत तथा ५७ केजीको खेलमा धनकुटाकी सुनिता तामाङले स्वर्ण तथा सुनसरीकी इष्टार जिमी राईले रजत पदक प्राप्त गरे । त्यस्तै ६२ केजीतर्फको खेलमा झापाकी पविना धिमालले स्वर्ण र मोरङकी पनिसा पराजुलीले रजत तथा ६७ तौल समूहमा मोरङकी अर्पणा राईले बाई पाएर स्वर्ण जितेका छन् । 

प्रतियोगिता समापान समारोहमा प्रशिक्षक खेमराज कार्की, ज्ञानेन्द्र विश्वकर्मा, पीताम्बर पौडेल, इच्छा घले, दिनेश गिरी, खगेन्द्र कटवाल र राजेन्द्र कटवाललाई सम्मान गरियो । कृष्ण बास्तोलाको अध्यक्षतामा भएको समारोहमा विजेतालाई इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरी, प्रमुख सेनानी नवराज दंगाल, हरि बुढाथोकीलगायतले पदक र प्रमाणपत्र प्रदान गर्नुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई