२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

खोटाङको हलेसीमा अण्डर १२ गोल्डकप शुरु

२०७४, १ माघ सोमबार १४:०१

चिसाङ शेर्पा/माघ १, खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा अण्डर १२ गोल्डकप सुरु भएको छ । 

साकेला सिली फुटबल क्लवको आयोजनामा सोमबारदेखि ‘सितिमी यु–१२ गोल्डकप–२०७४’ प्रतियोगीता सुरु भएको हो । दुर्छिमस्थित कृष्णराम–मोतिप्रसाद राई रङ्गशालामामा सुरु गरिएको प्रतियोगीता हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले उदघाटन गर्नु भएको हो । 

माघ ३ गते समापन हुने प्रतियोगीतामा ९ वर्षदेखि १२ वर्षमुनिका ८ टिमको सहभागीता रहेको आयोजक साकेला सिली फुटबल क्लवका अध्यक्ष कमल राईले बताउनुभयो । 

गत असोज २० गतेदेखि २६ गतेसम्म होलेसुङ–जनकराज राई मार्ग फुटबल कपको दोश्रो संस्करण सञ्चालन गरेको क्लवले पुःन कलिला बालकलाई लक्ष्यीत गर्दै अण्डर १२ गोल्डकप सुरु गरेको हो । 

प्रतियोगीतामा प्रथम, दोस्रो, तेश्रो र सान्त्वना हुने टिमलाई क्रमशः १० हजार, ५ हजार, ३ हजार र १५ सय रुपियाँसहित प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिने क्लवले जनाएको छ । उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट कोच गरी ५ विधामा वेस्ट अवार्ड प्रदान गरिने अध्यक्ष राईले बताउनुभयो ।  

वेस्ट अवार्ड विजेतालाई एक÷एक हजार राशीका साथमा मेडल, प्रमाणपत्र र ट्रफी प्रदान गरिने छ । प्रतियोगीतामा ८ टिमको सहभागीता रहेको आयोजकले जनाएको छ । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना