८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

खोटाङको हलेसीमा अण्डर १२ गोल्डकप शुरु

१ माघ २०७४, सोमबार १४:०१

चिसाङ शेर्पा/माघ १, खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा अण्डर १२ गोल्डकप सुरु भएको छ । 

साकेला सिली फुटबल क्लवको आयोजनामा सोमबारदेखि ‘सितिमी यु–१२ गोल्डकप–२०७४’ प्रतियोगीता सुरु भएको हो । दुर्छिमस्थित कृष्णराम–मोतिप्रसाद राई रङ्गशालामामा सुरु गरिएको प्रतियोगीता हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले उदघाटन गर्नु भएको हो । 

माघ ३ गते समापन हुने प्रतियोगीतामा ९ वर्षदेखि १२ वर्षमुनिका ८ टिमको सहभागीता रहेको आयोजक साकेला सिली फुटबल क्लवका अध्यक्ष कमल राईले बताउनुभयो । 

गत असोज २० गतेदेखि २६ गतेसम्म होलेसुङ–जनकराज राई मार्ग फुटबल कपको दोश्रो संस्करण सञ्चालन गरेको क्लवले पुःन कलिला बालकलाई लक्ष्यीत गर्दै अण्डर १२ गोल्डकप सुरु गरेको हो । 

प्रतियोगीतामा प्रथम, दोस्रो, तेश्रो र सान्त्वना हुने टिमलाई क्रमशः १० हजार, ५ हजार, ३ हजार र १५ सय रुपियाँसहित प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिने क्लवले जनाएको छ । उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट कोच गरी ५ विधामा वेस्ट अवार्ड प्रदान गरिने अध्यक्ष राईले बताउनुभयो ।  

वेस्ट अवार्ड विजेतालाई एक÷एक हजार राशीका साथमा मेडल, प्रमाणपत्र र ट्रफी प्रदान गरिने छ । प्रतियोगीतामा ८ टिमको सहभागीता रहेको आयोजकले जनाएको छ । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता