८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

तेह्रथुम: भगवती रनिङ ट्रफी फुटबल माघ तेश्रो साता सन्चालन हुने

३ माघ २०७४, बुधबार १५:३३

माघ ३, तेह्रथुम । तेह्रथुमको छातेढुंगामा हरेक वर्ष सन्चालन हुँदै आएकोे भगवती रनिङ ट्रफी फुटबल प्रतियोगिता यसवर्ष माघ तेश्रो सातादेखि सन्चालन हुने भएको छ । 

आठराई गाउँपालिका–५, साविक छातेढुंगा गाविसस्थित पोखरी मावि परिसरमा हुने प्रतियोगिता यो वर्ष माघ १४ गतेबाट सन्चालन हुने भएको हो । 

वि.स. २०३९ सालबाट हरेक वर्ष तिहारको अवसरमा लाग्दै आएको पुर्वमै प्रसिद्ध ऐतिहासिक दिपावली मेलाको अवसरमा खेलाइने यो प्रतियोगिता यसवर्ष चुनावका कारण सन्चालन हुन सकेको थिएनँ । विगत वर्षझैं खेलकुद, साहित्यिक, सांस्कृतिक तथा अन्य मनोरञ्जनात्मक कार्यक्रमहरु सहित माघ १४ देखि २० गतेसम्म मेला सन्चालन गर्ने तयारी भएको भगवती रनिङ ट्रफी सन्चालक मानव कल्याणकारी सेवा केन्द्रका अध्यक्ष तथा तेह्रथुम प्रदेश सभा (ख) क्षेत्रका सांसद तेजमान कन्दङवाले बताउनुभयो । 

यो वर्षपनि मेलाको अवसरमा भगवती रनिङ ट्रफी पुरुष फुटबल, महिला फुटबल, पुरुष भलिबल, व्याडमिन्टन सिंगल, डबल, बुद्धिचाल तथा लोक संस्कृति झल्कने धान नाच प्रतियोगिता आयोजना गरिएको मेला समितिले जनाएको छ । पुरुष फुटबलतर्फ विजेताले भगवती रनिङ ट्रफीसहित नगद १ लाख ५ हजार १ सय ११ र उपविजेताले नगद ५१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् । 

पुरुष भलिबलतर्फ विजेताले ३० हजार र उपविजेताले १५ तथा महिला फुटबलतर्फ विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँ प्राप्त गर्ने खेलकुद सन्चालक समितिले जनाएको छ । मेला तथा खेलकुद कार्यक्रमको माघ १४ गते नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रतीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यस्तै मेलाको अवसरमा यो वर्षपनि बहुभाषिक कवि गोष्ठी हुने भएको छ । यो वर्षपनि तेह्रथुमसहित पाँचथर र ताप्लेजुङका कविहरु सहभागी हुने जनाइएको छ । 

२०३९ सालमा पाँचथरको अमरपुर बस्ने रामकुमार लिङदेन र नगेन्द्र लिङदेनले स्थापना गरिदिएको २ लाख रुपैयाँको कोषमात्रै मेला सन्चालनको स्थायी श्रोत हो । जसको वार्षिक व्याज ४८ हजार रुपैयाँ संकलन हुन्छ । सोही रकममा प्रायोजन, चन्दा सहयोग संकलनबाट थप गरी मेला सन्चालन हुँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता