२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

तेह्रथुम: भगवती रनिङ ट्रफी फुटबल माघ तेश्रो साता सन्चालन हुने

२०७४, ३ माघ बुधबार १५:३३

माघ ३, तेह्रथुम । तेह्रथुमको छातेढुंगामा हरेक वर्ष सन्चालन हुँदै आएकोे भगवती रनिङ ट्रफी फुटबल प्रतियोगिता यसवर्ष माघ तेश्रो सातादेखि सन्चालन हुने भएको छ । 

आठराई गाउँपालिका–५, साविक छातेढुंगा गाविसस्थित पोखरी मावि परिसरमा हुने प्रतियोगिता यो वर्ष माघ १४ गतेबाट सन्चालन हुने भएको हो । 

वि.स. २०३९ सालबाट हरेक वर्ष तिहारको अवसरमा लाग्दै आएको पुर्वमै प्रसिद्ध ऐतिहासिक दिपावली मेलाको अवसरमा खेलाइने यो प्रतियोगिता यसवर्ष चुनावका कारण सन्चालन हुन सकेको थिएनँ । विगत वर्षझैं खेलकुद, साहित्यिक, सांस्कृतिक तथा अन्य मनोरञ्जनात्मक कार्यक्रमहरु सहित माघ १४ देखि २० गतेसम्म मेला सन्चालन गर्ने तयारी भएको भगवती रनिङ ट्रफी सन्चालक मानव कल्याणकारी सेवा केन्द्रका अध्यक्ष तथा तेह्रथुम प्रदेश सभा (ख) क्षेत्रका सांसद तेजमान कन्दङवाले बताउनुभयो । 

यो वर्षपनि मेलाको अवसरमा भगवती रनिङ ट्रफी पुरुष फुटबल, महिला फुटबल, पुरुष भलिबल, व्याडमिन्टन सिंगल, डबल, बुद्धिचाल तथा लोक संस्कृति झल्कने धान नाच प्रतियोगिता आयोजना गरिएको मेला समितिले जनाएको छ । पुरुष फुटबलतर्फ विजेताले भगवती रनिङ ट्रफीसहित नगद १ लाख ५ हजार १ सय ११ र उपविजेताले नगद ५१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् । 

पुरुष भलिबलतर्फ विजेताले ३० हजार र उपविजेताले १५ तथा महिला फुटबलतर्फ विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँ प्राप्त गर्ने खेलकुद सन्चालक समितिले जनाएको छ । मेला तथा खेलकुद कार्यक्रमको माघ १४ गते नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रतीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यस्तै मेलाको अवसरमा यो वर्षपनि बहुभाषिक कवि गोष्ठी हुने भएको छ । यो वर्षपनि तेह्रथुमसहित पाँचथर र ताप्लेजुङका कविहरु सहभागी हुने जनाइएको छ । 

२०३९ सालमा पाँचथरको अमरपुर बस्ने रामकुमार लिङदेन र नगेन्द्र लिङदेनले स्थापना गरिदिएको २ लाख रुपैयाँको कोषमात्रै मेला सन्चालनको स्थायी श्रोत हो । जसको वार्षिक व्याज ४८ हजार रुपैयाँ संकलन हुन्छ । सोही रकममा प्रायोजन, चन्दा सहयोग संकलनबाट थप गरी मेला सन्चालन हुँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अग्रता धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता