२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

बैतडी: मेयरकपको क्रिकेटको सेमिफाईनलमा देहिमाण्डौं

२०७४, ४ माघ बिहीबार १६:१८

बिनोद विष्ट/माघ ४, बैतडी । रिषिकेश बोहराको उत्कृष्ट प्रदर्शनले देहिमाण्डौं, बैतडीको दशरथचन्द नगरपालिकामा जारी प्रथम मेयरकप क्रिकेट प्रतियोगिता २०७४ को सेमिफाईनलमा प्रवेश गरेको छ ।

बुड्डा बाजे क्रिकेट मैदान रातामाटामा बिहीवार सम्पन्न खेलमा दशरथचन्द नगरपालिकाको वडा नम्बर ८ त्रिपुरालाई ६ विकेटले पाखा लगाउदै दशरथचन्द नगरपालिका वडा नम्बर २ देहिमाण्डौंले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । 

टस हारेर ब्याटिङ्गको निम्ता पाएको त्रिपुराले निर्धारित २० ओभरमा लोकेन्द्र थापाको सर्वाधिक २३ रनको मद्दतमा १०२ रन बनाएको थियो । देहिमाण्डौंका बसन्त बोहराले ३ तथा रिषिकेश बोहराले २ विकेट हात पारे ।


१०३ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको देहिमाण्डौंले १० ओभरमा ४ विकेटको क्षतीमा लक्ष्य पुरा गरेको होे । देहिमाण्डौंका दिपक बोहराले सर्वाधिक २९ रन जोडका थिए । 

यस्तै खडक बोहराले २० तथा रिषिकेश बोहराले नटआउट ७ रन बनाए । त्रिपुराका गणेश थापाले २ विकेट हात पारेका थिए । खेलका म्यान अफ दि म्याच रिषिकेश बोहरा भए ।

प्रतियोगिता अन्र्तगत शुक्रवार समुह बी का २ खेल हुने भएका छन् । पहिलो खेल बिहान ९ बजे वडा नम्बर १ गुरुखोला र वडा नम्बर १० भिड्नेछन् भने मध्यान्ह साढे १२ बजेपछी हुने दोस्रो खेलमा वडा नम्बर १ गुरुखोला र वडा नम्बर ४ आमनेसामने हुने भएका छन् ।  

शहीद दिवसको अवसरमा दशरथचन्द नगरपालिकाको आयोजना र बैतडी जिल्ला क्रिकेट संघ , नगर क्रिकेट समितिको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन भईरहेको हो । 

टि ट्वान्टी फरम्याटमा भईरहेको प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार नगद , ट्रफी र प्रमाणपत्र , द्वितीय पुरस्कार ३० हजार नगद, र म्यान अफ द सिरीज १ जनालाई ५ हजार नगद, ट्रफी र प्रमाणपत्र राखिएको छ ।  माघ १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दशरथचन्द नगरपालिकाका ११ वटै वडाका ११ टिमको सहभागिता रहेको छ ।

बुधवारदेखि सुरु भएको मेयरकप क्रिकेट प्रतियोगिताले बैतडीमा क्रिकेटको विकास हुनुका साथै नगरभित्र रहेका क्रिकेटका नयाँ प्रतिभाको खोजी गर्न सहयोग मिल्ने विश्वास गरिएको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अग्रता धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता