२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

इलाम: अधिवेशनमा तीन पूर्व खेलाडी सम्मानित

५ माघ २०७४, शुक्रबार ०६:३८

माघ ५, इलाम | जिल्ला फुटबल संघ इलामको छौटौ अधिवेशन तथा साधारणसभाको अवसरमा तीनजना पूर्व खेलाडीलाई सम्मान गरिएको छ । 

बिहीबार इलाम सदरमुकाममा आयोजित कार्यक्रममा पूर्व खेलाडीत्रय इलाम नगरपालिकाका मेयर महेश बस्नेत, इलाम नगरपालिका–७ का राम खत्री तथा सूर्योदय नगरपालिकाका बालकृष्ण राईलाई सम्मान गरिएको हो । 

उहाँहरुलाई पूर्वाञ्चल क्षेत्रीय फुटबल समितिका अध्यक्ष जलकुमार गुरुङले सम्मान पत्रसहित खादा ओडाएर सम्मान गर्नुभएको थियो । 

यसै, अवसरमा इलाम नगरपालिकाका मेयर बस्नेतले नगर कार्यपालिकाले नगरका १२ वटै वडामा एकएक खेल मैदान तथा कभर्ड हल बनाउने नीति रहेको बताउनुभयो । यसअन्तर्गत यस आर्थिक वर्षमा तीनवटा वडामा खेल मैदान निर्माण गर्नको लागि बजेटसमेत विनियोजन भएको उहाँले बताउनुभयो । 

जिल्ला फुटबल संघ इलामका अध्यक्ष निरोज खड्गीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि मेयर बस्नेत, विशेष अतिथि पूर्वाञ्चल क्षेत्रीय फुटबल समितिका अध्यक्ष जलकुमार गुरुङ, जिल्ला खेलकुद विकास समिति इलामकी कार्यालय सचिव अमृता घिमिरे, पत्रकार राजेश पराजुली, नेपाल बार एशोसिएशनका केन्द्रीय उपाध्यक्ष मदन खड्कालगायतले मन्तव्य राख्दै खेल र खेलाडी राष्ट्रका गहना रहेको धारणा राख्नुभएको थियो । 

इलाम फुटबल संघमा महेश 

यसैबीच, इलाम सदरमुकाममा सम्पन्न जिल्ला फुटबल संघको छैटौँ अधिवेशनले महेश श्रेष्ठलाई अध्यक्ष पदमा चयन गरेको छ । समितिको उपाध्यक्षमा पदमा क्रमशः विक्रम श्रेष्ठ, मणीकुमार गुरुङ र महानन्द भक्तराज गरी तीन जनालाई चयन गरिएको छ । 

संघको महिला सदस्यमा अस्ना श्रेष्ठ तथा अन्य सदस्यमा निरोज खड्गी, ज्ञानबहादुर राई, डिडेन देवान, सेवक देवान, चिरञ्जीवी निरौला, दीपेश गुरुङ, मोहनकुमार राई र विजयकुमार सुब्बा (अशोक) लाई चयन गरेको छ । 

महासचिवमा रजत खड्का र कोषाध्यक्षमा सुवास राईलाई मनोनीतसमेत गरिएको छ । यसैगरी, संघको पहिलो बैठकले चारजना फुटबलसँग सम्बन्धित क्लबका प्रतिनिधिलाई मनोनीत गरिएको छ । 

त्यसमा होलीबोध फुटबल क्लबबाट प्रकाश दुलाल, त्रिवेणी युथ क्लबबाट पवनकुमार श्रेष्ठ, देउराली स्पोर्टिङ फुटबल क्लबबाट लिला बुर्जा र क्लब ओएसिसबाट प्रज्वल मुखिया मनोनीत भएको नवनिर्वाचित अध्यक्ष महेश श्रेष्ठले जानकारी दिनुभयो । संघको कार्यकाल चार वर्षको हुनेछ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य