2026-10-06 06:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

इलाम: अधिवेशनमा तीन पूर्व खेलाडी सम्मानित

माघ ५, इलाम | जिल्ला फुटबल संघ इलामको छौटौ अधिवेशन तथा साधारणसभाको अवसरमा तीनजना पूर्व खेलाडीलाई सम्मान गरिएको छ । 

बिहीबार इलाम सदरमुकाममा आयोजित कार्यक्रममा पूर्व खेलाडीत्रय इलाम नगरपालिकाका मेयर महेश बस्नेत, इलाम नगरपालिका–७ का राम खत्री तथा सूर्योदय नगरपालिकाका बालकृष्ण राईलाई सम्मान गरिएको हो । 

उहाँहरुलाई पूर्वाञ्चल क्षेत्रीय फुटबल समितिका अध्यक्ष जलकुमार गुरुङले सम्मान पत्रसहित खादा ओडाएर सम्मान गर्नुभएको थियो । 

यसै, अवसरमा इलाम नगरपालिकाका मेयर बस्नेतले नगर कार्यपालिकाले नगरका १२ वटै वडामा एकएक खेल मैदान तथा कभर्ड हल बनाउने नीति रहेको बताउनुभयो । यसअन्तर्गत यस आर्थिक वर्षमा तीनवटा वडामा खेल मैदान निर्माण गर्नको लागि बजेटसमेत विनियोजन भएको उहाँले बताउनुभयो । 

जिल्ला फुटबल संघ इलामका अध्यक्ष निरोज खड्गीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि मेयर बस्नेत, विशेष अतिथि पूर्वाञ्चल क्षेत्रीय फुटबल समितिका अध्यक्ष जलकुमार गुरुङ, जिल्ला खेलकुद विकास समिति इलामकी कार्यालय सचिव अमृता घिमिरे, पत्रकार राजेश पराजुली, नेपाल बार एशोसिएशनका केन्द्रीय उपाध्यक्ष मदन खड्कालगायतले मन्तव्य राख्दै खेल र खेलाडी राष्ट्रका गहना रहेको धारणा राख्नुभएको थियो । 

इलाम फुटबल संघमा महेश 

यसैबीच, इलाम सदरमुकाममा सम्पन्न जिल्ला फुटबल संघको छैटौँ अधिवेशनले महेश श्रेष्ठलाई अध्यक्ष पदमा चयन गरेको छ । समितिको उपाध्यक्षमा पदमा क्रमशः विक्रम श्रेष्ठ, मणीकुमार गुरुङ र महानन्द भक्तराज गरी तीन जनालाई चयन गरिएको छ । 

संघको महिला सदस्यमा अस्ना श्रेष्ठ तथा अन्य सदस्यमा निरोज खड्गी, ज्ञानबहादुर राई, डिडेन देवान, सेवक देवान, चिरञ्जीवी निरौला, दीपेश गुरुङ, मोहनकुमार राई र विजयकुमार सुब्बा (अशोक) लाई चयन गरेको छ । 

महासचिवमा रजत खड्का र कोषाध्यक्षमा सुवास राईलाई मनोनीतसमेत गरिएको छ । यसैगरी, संघको पहिलो बैठकले चारजना फुटबलसँग सम्बन्धित क्लबका प्रतिनिधिलाई मनोनीत गरिएको छ । 

त्यसमा होलीबोध फुटबल क्लबबाट प्रकाश दुलाल, त्रिवेणी युथ क्लबबाट पवनकुमार श्रेष्ठ, देउराली स्पोर्टिङ फुटबल क्लबबाट लिला बुर्जा र क्लब ओएसिसबाट प्रज्वल मुखिया मनोनीत भएको नवनिर्वाचित अध्यक्ष महेश श्रेष्ठले जानकारी दिनुभयो । संघको कार्यकाल चार वर्षको हुनेछ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय बनाउने प्रस्ताव कांग्रेसले भोटेकोशी बाढीपीडितका लागि २ करोड ८१ लाखभन्दा बढी सहयोग जुटायो निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छ : उद्योगमन्त्री साह कांग्रेस महाधिवेशनको बन्दसत्रमा चार प्रतिवेदन पेस भुटानी शरणार्थीका सन्तानलाई विदेश जान रोक नलगाउन सर्वोच्चको आदेश यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय मन्त्रिपरिषद्को बैठक शुरू प्रधानमन्त्री बालेन्द्रको टिप्पणीप्रति विश्वप्रकाशको प्रतिक्रिया, भने– अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्छु शेयर बजार ओरालो, नेप्से २०.४८ अंकले घट्यो एक घण्टाको ब्रेकपछि कांग्रेस महाधिवेशनको बन्दसत्र पुनः सुरु वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा ल्याउने इरानी दुई कूटनीतिज्ञलाई अमेरिकाले गर्‍यो निष्कासित राष्ट्र बैंकले ल्याउँदै ३० करोड थान नयाँ २ रुपैयाँका सिक्का विपद् र पार्टीभित्र एकताको प्रयासले महाधिवेशन कार्यतालिका प्रभावित भयो : गगन थापा कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह लगानीको वातावरण सुधार्न प्रक्रियागत झन्झट हटाउनुपर्छ : मन्त्री गौतम सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै