२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

बैतडी: मेयर कप क्रिकेटको फाईनलमा खलंगा र देहिमाण्डौं

२०७४, ९ माघ मंगलवार १७:१०

नरी बडु/माघ ९, बैतडी । बैतडीमा जारी मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधीका लागी दशरथचन्द नगरपालिका ४ खलंगा र दशरथचन्द नगरपालिका २ देहिमाण्डौं बिच फाईनल खेल हुने भएको छ । 

मंगलवार सम्पन्न दोस्रो सेमिफाईनल खेलमा दशरथचन्द नगरपालिका ९ ग्वाल्लेकलाई १ सय १५ रनले पाखा लगाउदै खलंगा फाईनलमा पुगेको हो । दशरथचन्द नगरपालिका ६ थालिगाडालाई ४ विकेटले  स्तब्ध पार्दै देहिमाण्डौं उपाधी नजिक पुगेको हो । 


बुड्डा बाजे क्रिकेट मैदान, रातामाटामा टस जितेर व्याटिङ गरेको खलंगाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतीमा १६८ रन बनायो । भरत चन्दले ४४ तथा महेश चन्दले २४ रनको योगदान गरे । 

१६९ रनको विजय लक्ष्यका साथै मैदान उत्रेको ग्वाल्लेक १४ दशमलव ३ ओभरमा ५३ रनमा समेटियो । यसअघि बिहान सम्पन्न पहिलो सेमिफाईनल खेलमा रिषिकेश बोहराको अलराउन्डर प्रदर्शनले दशरथचन्द नगरपालिका ६ थालिगाडालाई ४ विकेटले  पराजित गर्दै दशरथचन्द नगरपालिका –२ देहिमाण्डौंले फाईनल यात्रा सुरक्षित गरेको थियो । 

टस जितेर व्याटिङ गरेको थालिगाडाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतीमा १३५ रन बनायो । चन्दन रावलले ३४ तथा किशोर चन्दले २० रन जोडे । १ सय ३६ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको देहिमाण्डौंले १९ दशमलव १ ओभरमा लक्ष्य भेट्टायो । दिपक बोहराले ३७ रनको योगदान गरे ।  थालिगाडाका दिपेन्द्र रावलले २ विकेट हात पारे ।  

अलराउन्डर प्रदर्शन गरेर व्यक्तिगत २२ रन नटआउट तथा २ विकेट हात पारेका देहिमाण्डौंका रिषिकेश बोहरा म्यान अफ द म्याच घोषित भएका नगर क्रिकेट समितिका अध्यक्ष अशोक बहादुर चन्दले जानकारी दिनुभयो ।  

प्रतियोगिताको उपाधी भिडन्त बुधवार बिहान १० बजेदेखि सुरु हुने भएको छ । प्रतियोगिताको उपाधी विजेताले ५० हजार, उपविजेताले ३० हजार र म्यान अफ द सिरीज १ जनाले ५ हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने नगर क्रिकेट समितिका अध्यक्ष अशोक बहादुर चन्दले जानकारी दिनुभयो । 

शहीद दिवसको अवसरमा दशरथचन्द नगरपालिकाको आयोजना र बैतडी जिल्ला क्रिकेट संघ , नगर क्रिकेट समितिको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन भईरहेको हो । 

माघ ३ गतेदेखि सुरु भएको मेयरकप क्रिकेट प्रतियोगितामा ११ टोली सहभागी रहेका थिए ।  प्रतियोगिताले बैतडीमा क्रिकेटको विकास हुनुका साथै नगरभित्र रहेका क्रिकेटका नयाँ प्रतिभाको खोजी गर्न सहयोग मिल्ने विश्वास गरिएको छ ।


मेयर कपको सेमिफाईनल खेलमा दनपा– ४ खलंगा र दनपा– ९ ग्वाल्लेक बिच प्रतिश्प्रधा हुदै (बलिङमा ग्वाल्लेक ब्याटिङमा खलंगा) । नरी बडु, साझासवाल

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना