८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

देहिमाण्डौँलाइ ६ विकेटले स्तब्ध पार्दै, खलंगा च्याम्पियन

१२ माघ २०७४, शुक्रबार ०६:४२

माघ १२, बैतडी | बैतडीमा सम्पन्न मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि दशरथचन्द नगरपालिका–४, खलंगाले हात पारेको छ । 

बुड्डा बाजे क्रिकेट मैदान, रातामाटामा बिहीबार भएको उपाधि भिडन्तमा दशरथचन्द नगरपालिका–२, देहिमाडौँलाई ६ विकेटले स्तब्ध पार्दै उपाधि रक्षा गरेको हो । 

टस हारेर ब्याटिङ्को निम्ता पाएको देहिमाण्डौँ १९ दशमलव १ ओभरमा १३७ रनमा समेटियो । गजेन्द्र बोहराले ३३, ऋषिकेश बोहराले २८ तथा खडक बोहराले २५ रनको योगदान गरे । खलंगाका प्रदीप चन्द र हरिश कार्कीले समान तीन÷तीन विकेट हात पारे । १३८ रनको विजय लक्ष्यका साथ मैदानमा उत्रेको खलंगाले १८ दशमलव ३ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । 

म्यान अफ द फाइनल भएका सुरज बोहराले नटआउट ६६ रनको योगदान गरे । राजु भाटले २० तथा हरिश कार्कीले १७ रन बनाए । देहिमाण्डौँका ऋषिकेश बोहरा, गजेन्द्र बोहरा र सुरेन्द्र बोहराले समान एक÷एक विकेट हात पारे । 

उपाधि विजेता भएसँगै खलंगाले नगद रु ५० हजार पुरस्कार प्राप्त परेको छ भने उपविजेता देहिमाण्डौँले ३० हजारमा चित्त बुझाएको छ । 

यसैबीच, प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै व्यक्तिगत ११४ रन तथा ७ विकेट हात पार्ने खलंगाका सुरज बोहरा म्यान अफ द सिरिजका साथै उत्कृष्ट ब्याट्सम्यान घोषित भएका छन् । सुरजले नगद रु पाँच हजार पुरस्कार पाएका छन् । यस्तै, प्रतियोगिताभर ९ विकेट हात पार्नुका साथै ७६ रन बनाएका देहिमाण्डौँका ऋषिकेश बोहरा उत्कृष्ट बलर भए । विजेता उपविजेता टोलीलाई दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापा र उपप्रमुख मीना चन्दले पुरस्कार वितरण गर्नुभयो । 

शहीद दिवशका अवसरमा दशरथचन्द नगरपालिकाको आयोजना र बैतडी जिल्ला क्रिकेट संघ, नगर क्रिकेट समितिको प्राविधिक सहयोगमा प्रतियोगिता सम्पन्न भएको हो । 

माघ ३ गतेदेखि शुरु भएको प्रतियोगिताले बैतडीमा क्रिकेटको विकास हुनुका साथै नगरभित्र रहेका क्रिकेटका नयाँ प्रतिभाको खोजी गर्न सहयोग मिल्ने विश्वास गरिएको छ ।रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता