२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

खेलकुद राज्यमन्त्रीद्वारा पिपरा गोल्डकप प्रतियोगिता उद्घाटन

२०७४, १२ माघ शुक्रबार १२:१३

माघ १२, कलैया | युवा तथा खेलकुद राज्यमन्त्री तेजुलाल चौधरीले बिहीबार करैयामाई गाउँपालिका–७ पिपरास्थित सिर्जनशील युवा क्लबद्वारा आयोजित दोस्रो पिपरा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन गर्नुभयो । 

सो अवसरमा उहाँले खेलकुदबाट व्यक्तिको मानसिक स्वास्थ्यको विकास हुनाका साथै यसबाट मुलुकको पहिचान बढाउने भएकाले खेलकुदको विकासमा सबैले ध्यान दिन जरुरी छ भन्नुभयो । 

उहाँले २ नं प्रदेश हरेक क्षेत्रमा पछाडि परेकाले वर्तमान सरकारले यस प्रदेशको विकासका लागि ठोस नीति ल्याउने कुरा बताउनुभयो । 

आयोजक क्लबका अध्यक्ष वृजमोहन चौधरीको सभापतित्वमा भएको समारोहमा विधायक ज्वाला साह, प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले खेलकुदको महत्वबारे प्रकाश पार्नुभयो । 

आगामी माघ २० गतेसम्म हुने उक्त प्रतियोगितामा रौतहट, वीरगञ्ज, हेटौँडा, लहान, महोत्तरी, आर्मी क्लबसमेत गरी नौवटा समूहले भाग लिएको प्रतियोगितामा प्रथम हुनेले रु एक लाख ५० हजार, दोस्रो हुनेलाई ७५ हजार नगद पुरस्कार जित्ने भएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना