८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

खेलकुद राज्यमन्त्रीद्वारा पिपरा गोल्डकप प्रतियोगिता उद्घाटन

१२ माघ २०७४, शुक्रबार १२:१३

माघ १२, कलैया | युवा तथा खेलकुद राज्यमन्त्री तेजुलाल चौधरीले बिहीबार करैयामाई गाउँपालिका–७ पिपरास्थित सिर्जनशील युवा क्लबद्वारा आयोजित दोस्रो पिपरा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन गर्नुभयो । 

सो अवसरमा उहाँले खेलकुदबाट व्यक्तिको मानसिक स्वास्थ्यको विकास हुनाका साथै यसबाट मुलुकको पहिचान बढाउने भएकाले खेलकुदको विकासमा सबैले ध्यान दिन जरुरी छ भन्नुभयो । 

उहाँले २ नं प्रदेश हरेक क्षेत्रमा पछाडि परेकाले वर्तमान सरकारले यस प्रदेशको विकासका लागि ठोस नीति ल्याउने कुरा बताउनुभयो । 

आयोजक क्लबका अध्यक्ष वृजमोहन चौधरीको सभापतित्वमा भएको समारोहमा विधायक ज्वाला साह, प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले खेलकुदको महत्वबारे प्रकाश पार्नुभयो । 

आगामी माघ २० गतेसम्म हुने उक्त प्रतियोगितामा रौतहट, वीरगञ्ज, हेटौँडा, लहान, महोत्तरी, आर्मी क्लबसमेत गरी नौवटा समूहले भाग लिएको प्रतियोगितामा प्रथम हुनेले रु एक लाख ५० हजार, दोस्रो हुनेलाई ७५ हजार नगद पुरस्कार जित्ने भएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता