२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

जनज्योति बहुमुखी क्याम्पसको प्रथम जेएमसी टी–२० कप २०७४ शुरु

२०७४, १७ माघ बुधबार ०१:४१

भास्कर के.सी | माघ १७, कञ्चनपुर | जनज्योति बहुमुखी क्याम्पसले प्रथम पटक आयोजना गरेको जेएमसी टी–२० कप २०७४ क्रिकेट मंगलबार देखि कञ्चनपुरको कवड हलमा शुरु भएको छ ।  शहीद दिवस को अवसर पारेर गरिएको प्रतियोगितामा क्याम्पसका निमित्त अध्यक्ष माधव प्रसाद जोशीको सभापतित्वमा, प्रतिनीधी सभा सद्स्य र्निवाचन क्षेत्र नम्वर २  का र्निवाचित सासंद नर वहादुर धामीको प्रमुख आतिथ्वमा  कार्यक्रमको उद्दघाटन भएको हो, कार्यक्रममा स्वागत मन्त्वय क्याम्पस प्रमुख भोलानाथ शर्माले गर्नु भएको थियो भने कार्यक्रम संञ्चालन प्राध्यापक लोकेन्द्र सिह धामीले गर्नु भएको थियो  । 

 प्रमुख अतिथीले शहिद लाई सर्दनाजली अभिव्यक्त दिदै जनज्योती  क्याम्पस ले शिक्षा लाइ मात्र प्राथमीकता नदिएर खेलमा चासो देखाएको भन्दै सासंद धामी ले धन्वाद ज्ञापन गर्नु भएको थियो । धामीले  भन्नुभयो हामीले शिक्षा मात्रै जोड नदिएर खेल लाई पनी सँगै लिनु पर्ने र म सरकार समक्ष पनी निवेदन गरी समस्त खेल क्षेत्रलाई नै राम्रो वनाउनेमा जोड दिनुभयो । उक्त कफ मा आर्दश विद्या निकेतन, रेडियेन्ट माध्यमिक विद्यालय, सुदूर पश्चिम विश्वविद्यालय, शिद्धनाथ विज्ञान क्याम्पस, जनज्योति बहुमुखि क्याम्पस ए र बी, मोर्निङ्ग ग्लोरी, व्रिक्सटन कलेज, सनराइज माध्यमिक विद्यालय वेष्ट्रन माध्यमिक विद्यालय, लिटिल वुद्ध एकेडेमि, र एमेटी  गरी १२ क्याम्पस को सहभागीता रहेको छ ।


उद्दघाटनको पहिलो दिन मंगलबार भएको खेलमा आर्दश ले १४२ रन बनाउन सफल भएको थियो त्यसैगरी जनज्योती बहुमुखी क्याम्पस ए ले १०५ रन  बनउन सफल भए पनि ३७ रनले आर्दशविद्या निकेतनले अग्रता लिई मंगलबारको खेलमा  विजयी हुन सफल भएको छ । मंगलबार खेलिएको खेलमा आर्दश विद्या निकेतनका विद्यार्थी विजय भट्ट उत्कृष्ट खेलाडी घोषीत भएका छन् । खेल मंगलबार देखी शुरू भई २६ गते समाप्न हुने छ । जसमा प्रथम हुने टिम लाई रू ५१ हजार र द्वितिय लाइ रु ३१ हजार प्रदान गरिने भएको छ । आज १२:३० वजे खेल सुरू भई उक्त खेल सनराईज र रेडिएन्ट बिचमा हुने आयोजक ले जानकारी दिनु भएको छ । 

वि.स २०५८ मा स्थापित यस संस्थाले आज निजी लगानीमा सुदूर पश्चिममा शैक्षिक क्षेत्रमा अग्रणी स्थान ओगटन सफल भएको छ । आज यस संस्थाले समयको माग अनुसार यस क्षेत्रका सर्वसाधारण जनताहरुलाई उच्च शिक्षा प्रदान गर्दै दक्ष जन शक्ति उत्पादन गरी देश विकासमा ठुलो टेवा पुर्याउदै आइरहेको छ । यस संस्थाले यसैपालि त्रिभुवन विश्वविद्यालय अन्तर्गत विएस डब्लुको स्वीकृत प्राप्त गरी पठन पाठन समेत सुचारु भै रहेको अवस्था छ । यसै गरी स्नातक तहमा वि.एड. साइन्स, पत्रकारिता, राजनैतिक शास्त्रका साथै स्नातकोत्तर तहमा एम.वि.एसको स्वीकृत प्रदान गरी सकेको छ । यसैगरी अहिलेको समय सपेक्ष अनुसारको शिक्षा प्रदान गर्ने उद्देश्यले सिटिइभिटि र टियु बाट अन्य थुप्रै विषयहरु लाउने प्रक्रिया पनि थालनि गरिसकेको अवस्था रहेको जन ज्योति क्याम्पसका साहयक क्याम्पस प्रमुख विरेन्द्र सिंह साउदले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना