८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

दोश्रो खोटाङ हलेसी खुल्ला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता बैशाखमा

२ फाल्गुन २०७४, बुधबार ०४:३५

चिसाङ शेर्पा/फागुन २, खोटाङ । जिल्लामा दोश्रो खोटाङ हलेसी खुल्ला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ । 

नेपाल सितोरियो कराते संघ खोटाङको आयोजनामा आगामी बैशाख २०, २१, २२ गते दिक्तेलमा ६८ पदकको लागि खुल्ला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुने भएको हो ।

नेपाल सितोरियो कराते संघ खोटाङले मंगलबार अन्र्तक्रिया कार्यक्रम गर्दै करीब ५० लाख लागतमा कराते प्रतियोगिता गर्ने जानकारी दिएको हो । दुई नगरपालिका आठ गाउँपालिका र शुभचिन्तकको आर्थिक सहयोगमा हुने प्रतियोगितामा आयोजकसहित १५ टिमले सहभागिता जनाउने छ ।


प्रतियोगितामा नेपालको ७ प्रदेशको सात टिमसहित भारत, श्रीलंका, भुटान, बंगलादेश बिभागिय टिमहरु नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीले सहभागिता जनाउने नेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष सन्जय कुमार राईले बताउनुभयो ।

१७ स्वर्ण, १७ कास्य ३४ पदकका लागि हुने प्रतियोगिताका टिम प्रथमले १ लाख, दोश्रोले ७० हजार र तेश्रोले ५० हजारका साथमा ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । अनुशासित टिम, उत्कृष्ट मार्चपास टिम, उत्कृष्ट महिला÷पुरुष, उत्कृष्ट टिम कोच, उत्कृष्ट टिम व्यवस्थापक तथा अनुशासित पुरुष र महिलाले जनही २०÷२० हजार नगद पुरस्कार प्राप्त गर्नेछ ।

संघले मंगलबार सरोकारवालासँग अन्र्तक्रिया गरी मुल आयोजक समारोह समिति संयोजकमा जिल्ला समन्वय समिति संयोजक बबि चाम्लिङ र अन्य सबैलाई सदस्य बनाएर सबैले आ,आफ्नो स्थानबाट प्रतियोगिताका गराउन आर्थिक सहयोगका लागि पहल गर्ने बताएका छन् । 

रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल, प्रमुख जिल्ला अधिकारी एकदेब अधिकारी, जिल्लाका राजनीतिक दलले कार्यक्रमका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

खेलकुदमा जिल्लालाई चिनाउने एकमात्र कराते रहेको बताउँदै मुल आयोजक समारोह समितिले जिल्लाका सरकारी तथा गैर सरकारी संघसंस्थालाई उपसमितीको जिम्मेवारी दिंदै सहभागीहरुले कार्यक्रमलाई सफल बनाउन आर्थिक, भौतिक, नैतिकरुपमा सबैलाई सहयोग गर्न समेत अनुरोध गरेको छ । 

पहिलो खोटाङ हलेसी खुल्ला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता, प्रथम केपिलासगढी गाउँपालिका प्रमुख कप आमन्त्रित राष्ट्रिय कराते प्रतियोगिता गराउँदै जिल्लालाई चिनारी दिने एकमात्र कराते प्रतियोगिता स्वागतयोग्य भएको अन्र्तक्रियामा सहभागीहरुले बताएका थिए । 

खोटाङ करातेकै लगाव र झुकावले हाल जिल्लाका नबीन राई र सन्तोष राई राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा रहेका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता