२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

तेश्रो हेटौँडा गोल्डकपको पहिलो खेलमा मनाङ मस्र्याङ्दी र एपिएफ भिड्ने

२०७४, ३ फाल्गुन बिहीबार ०७:२१

फागुन ३, मकवानपुर ।  तेश्रो हेटौँडा गोल्डकपको पहिलो खेलमा साविकको उपविजेता मनाङ मस्र्याङ्दी र एपिएफ भिडने भएका छन् । 

आयोजक सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले आज हेटौँडामा गरेको पत्रकार सम्मेलनमा फागुन ५ गते बाट हेटौँडाको वन विज्ञान सस्थानको खेल मैदानमा हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको हो । प्रतियोगिताको दाश्रो दिन आयोजक विजय युथ क्लब र नेपाल पुलिस क्लबबिच भिडन्त हुने छ । 

तेश्रो दिन फागुन ७ गते साविक विजेता त्रिभुवन आर्मी र सुदुरपश्चिम ११ तथा समुह चरणको अन्तिम खेलमा फागुन ८ गते थ्रि स्टार क्लब र संकटा क्लबबिच प्रतिस्पर्धा हुने प्रतियोगिताका संयोजक समेत रहेका प्रतिष्ठानका उपाध्यक्ष विशाल घोषले बताए । 

प्रतियोगिताको लागि ६० लाख रुपैँया लागत लाग्ने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । फागुन १२ गतेसम्म चल्ने प्रतियोगितामा प्रथम हुने टिमले नगद ५ लाख सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन भने उपविजेता क्लबले नगद ३ लाख सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५० हजार प्राप्त गर्नेछन भने उत्कृष्ट विधाका पाँच जनाले नगद १५ हजारको दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको हरेक खेलको म्यान अफ द म्याचले नगद पाँच हजार प्राप्त गर्नेछन् । 

प्रतियोगितामा सहभागि दर्शकको लागि ३ हजार जना अटने प्याराफिटको समेत ब्यवस्था गरिएको आयोजकको भनाई रहेको छ । पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष भेष खड्गी सहितका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना