२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

दाङमा जनप्रतिनिधी र कर्मचारिको विचमा रोचक प्रतिष्पर्धा हुने

५ फाल्गुन २०७४, शनिबार ०६:३७

शंकर के सी/फागुन ५, दाङ । दाङको शान्तिनगरमा प्रजातन्त्र दिवसको अवसरमा जनप्रतिनिधी र कर्मचारिको विचमा रोचक खेल र दोहोरी प्रतियोगिता हुने भएको छ । 

६८ औँ प्रजातन्त्रको अवसरमा शान्तिनगर गाउँपालिकाले अध्यक्ष कप रनिङ सिल्ड प्रतियोगिता र प्रतिष्पर्धात्मक कार्यक्रम गर्ने भएको हो । प्रतियोगितामा शान्तिनगर गाउँपालिका भित्रका इन्छुक व्यक्ति वा समूहले भाग लिनका लागी ६ गते आइतबार सम्म सम्पर्क गर्न सक्ने प्रमुख प्रशासकिय अधिकृत निम बहादुर केसीले जनाएका छन् । उनका लनुसार ७ गते प्रतियोगिताहरु सञ्चालन हुनेछन् ।


जनप्रतिनिधी र कर्मचारिको विचमा लोकदोहोरि प्रतियोगिता राखिएको र जीत्नेलाइ ५००० रुपैया पुरस्कार प्रदान गरिने उनले जनाए । यस्तै जनप्रतिनिधी र कर्मचारिको विचमा फुटबल प्रतियोगीता राखिएको छ । जीत हात पार्ने समूहले नगद १५ हजार रुपैयाँ प्राप्त गर्ने छ ।

भलिवल प्रतियोगितामा १० हजार, ७ हजार र ५ हजार पुरस्कार राखिएको छ भने फुटबल प्रतियोगितामा १५ हजार, १० हजार र ७ हजार नगद पुरस्कार राखिएको छ । 

यस्तै सटफुट प्रतियोगितामा ३ हजार, २ हजार र १ हजार, लोक दोहोरि प्रतियोगितामा ६ हजार, ४ हजार र २ हजार पुरस्कार राखिएको छ ।

मावि स्तरिय हाजिरि जवलाफ प्रतियोगिता, आधारभुत विद्यालय स्तरिय नृत्य प्रतियोगिता पनि राखिएको प्रमुख प्रशसकिय अधिकृत केसीले बताए । 

यी दुबै प्रतियोगितामा बराबर पुरस्कार अर्थात  ५ हजार, ३ हजार, १ हजार प्रदान गरिने छ । सितेरियो कराते शो गेम पनि हुने छ । जसमा उत्कृष्ट हुनेलाइ ५ हजार रुपैयाँ प्रदान गरिने छ ।  

शान्ति नगरमा खेलकुद र खेलमैत्री पर्यटनको बिकास गर्दै राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन गरि अनुशाशीत, सक्षम , सबल र स्वस्थ नागरिक उत्पादन गर्ने लक्ष्य राखिएको शान्तिनगर गाउँ पालिकाले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ