८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

नेशनल प्यावसन अर्घाखाँचीको आयोजनामा हाजिरीजवाफ तथा चित्रकला प्रतियोगिता सम्पन्न

७ फाल्गुन २०७४, सोमबार १५:२७

फाल्गुन ७, अर्घाखाँची । नेशनल प्यावसन अर्घाखाँचीको आयोजनामा सोमबार सन्धिखर्क ग्रिन इङ्गलिस वोर्डिङ्ग स्कुलमा नेशनल प्यावसन जिल्ला स्तरीय खुल्ला हाजिरीजवाफ तथा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । 


कार्यक्रमको नेशनल प्यावसन अर्घाखाँचीका सल्लाहाकार नेत्र प्रसाद भुसालले पानसमा वत्ति वालेर उद्घाटन गर्दै अतिरिक्त क्रियाकलापहरुले वालवालिको मानसिक तथा सारिरिक विकासमा टेवा पुराउने हुँदा यस्ता किसिमका अतिरिक्त क्रियाकलापहरु नेशनल प्यावसन अर्घाखाँचीले आयोजना गर्दै आईरहेको उल्लेख गर्नुभएको थियो । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ अर्घाखाँचीका कोषाध्यक्ष विनोद गैरेले वालवालिकाहरुलाई किताबको घोकन्ते विद्यामा सिमित नराखेर बाह्य ज्ञान प्राप्तीको लागि अतिरिक्त त्रियाकलापहरु समय–समयमा संचालन गरिरहनु पर्नेमा जोड दिएका थिए ।  


प्रतियोगिताको पहिलो सत्र अन्र्तगतको चित्रकला प्रतियोगितामा सितगंगा नगरपालिका ४ चाक्लाको चाँदनी इङ्गलिस वोर्डिङ्ग स्कुलले प्रथम, सितगंगा नगरपालिका ५ जुकेनाको ग्यालेक्सी इङ्गलिस वोर्डिङ्ग स्कुलले द्वितिय, सन्धिखर्क नगरपालिका वडा नं. ४ को न्यू मुनलाईट इङ्गलिस वोर्डिङ्ग स्कुलले तितृय र मालारानी गाउँपालिका १ को अर्घातोष मदरल्याण्ड इङ्गलिस वोर्डिङ्ग स्कुलले सान्तव्ना स्थान हासिल गरेका थिए भने प्रतियोगिताको दोस्रो सत्र अन्र्तगतको हारिजीजवाफ प्रतियोगितामा सन्धिखर्क नगरपालिका २ को सन्धिखर्क ग्रिन इङ्गलिस वोर्डिङ्ग स्कुलले प्रथम, पाणिनी गाउँपालिका ७ को अड्गुरी एजुकेशन एण्ड सउल डेभलपिङ्ग इङ्गलिस वोर्डिङ्ग स्कुल द्वितिय, मालारानी गउँपालिका २ को ग्लोवल इङ्गलिस वोर्डिङ्ग स्कुलले तितृय र सितगंगा नगरपालिका ४ चाक्लाको चाँदनी इङ्गलिस वोर्डिङ्ग स्कुलले सान्त्वना स्थान हासिल गरेका थिए ।


दुबै प्रतियोगिताहरुमा प्रथम, द्वतिय, तितृय र सान्त्वना स्थान हासिल गर्ने समुहलाई ट्रफी तथा प्रमाण पत्रले सम्मान गरिएको थियो । कार्यक्रम  नेशनल प्यावसन अर्घाखाँचीका अध्यक्ष टेक बहादुर थापाको अध्यक्षता, उपाध्यक्ष भविश्वर बन्जाडेको स्वागत तथा सचिव बेदराज बेल्वासेको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता