२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

नेशनल प्यावसन अर्घाखाँचीको आयोजनामा हाजिरीजवाफ तथा चित्रकला प्रतियोगिता सम्पन्न

२०७४, ७ फाल्गुन सोमबार १५:२७

फाल्गुन ७, अर्घाखाँची । नेशनल प्यावसन अर्घाखाँचीको आयोजनामा सोमबार सन्धिखर्क ग्रिन इङ्गलिस वोर्डिङ्ग स्कुलमा नेशनल प्यावसन जिल्ला स्तरीय खुल्ला हाजिरीजवाफ तथा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । 


कार्यक्रमको नेशनल प्यावसन अर्घाखाँचीका सल्लाहाकार नेत्र प्रसाद भुसालले पानसमा वत्ति वालेर उद्घाटन गर्दै अतिरिक्त क्रियाकलापहरुले वालवालिको मानसिक तथा सारिरिक विकासमा टेवा पुराउने हुँदा यस्ता किसिमका अतिरिक्त क्रियाकलापहरु नेशनल प्यावसन अर्घाखाँचीले आयोजना गर्दै आईरहेको उल्लेख गर्नुभएको थियो । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ अर्घाखाँचीका कोषाध्यक्ष विनोद गैरेले वालवालिकाहरुलाई किताबको घोकन्ते विद्यामा सिमित नराखेर बाह्य ज्ञान प्राप्तीको लागि अतिरिक्त त्रियाकलापहरु समय–समयमा संचालन गरिरहनु पर्नेमा जोड दिएका थिए ।  


प्रतियोगिताको पहिलो सत्र अन्र्तगतको चित्रकला प्रतियोगितामा सितगंगा नगरपालिका ४ चाक्लाको चाँदनी इङ्गलिस वोर्डिङ्ग स्कुलले प्रथम, सितगंगा नगरपालिका ५ जुकेनाको ग्यालेक्सी इङ्गलिस वोर्डिङ्ग स्कुलले द्वितिय, सन्धिखर्क नगरपालिका वडा नं. ४ को न्यू मुनलाईट इङ्गलिस वोर्डिङ्ग स्कुलले तितृय र मालारानी गाउँपालिका १ को अर्घातोष मदरल्याण्ड इङ्गलिस वोर्डिङ्ग स्कुलले सान्तव्ना स्थान हासिल गरेका थिए भने प्रतियोगिताको दोस्रो सत्र अन्र्तगतको हारिजीजवाफ प्रतियोगितामा सन्धिखर्क नगरपालिका २ को सन्धिखर्क ग्रिन इङ्गलिस वोर्डिङ्ग स्कुलले प्रथम, पाणिनी गाउँपालिका ७ को अड्गुरी एजुकेशन एण्ड सउल डेभलपिङ्ग इङ्गलिस वोर्डिङ्ग स्कुल द्वितिय, मालारानी गउँपालिका २ को ग्लोवल इङ्गलिस वोर्डिङ्ग स्कुलले तितृय र सितगंगा नगरपालिका ४ चाक्लाको चाँदनी इङ्गलिस वोर्डिङ्ग स्कुलले सान्त्वना स्थान हासिल गरेका थिए ।


दुबै प्रतियोगिताहरुमा प्रथम, द्वतिय, तितृय र सान्त्वना स्थान हासिल गर्ने समुहलाई ट्रफी तथा प्रमाण पत्रले सम्मान गरिएको थियो । कार्यक्रम  नेशनल प्यावसन अर्घाखाँचीका अध्यक्ष टेक बहादुर थापाको अध्यक्षता, उपाध्यक्ष भविश्वर बन्जाडेको स्वागत तथा सचिव बेदराज बेल्वासेको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त