२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

प्रथम मेयर कप क्रिकेट प्रतियोगिता कपिलवस्तुमा शुरु

२०७४, ८ फाल्गुन मंगलवार ०५:४७

फागुन ८, कपिलवस्तु | यहाँ कपिलवस्तु नगरपालिकाको आयोजनामा प्रथम मेयर कप नकआउट टि ट्वान्टी क्रिकेट प्रतियोगिता सोमबारदेखि शुरु भएको छ । 

फागुन ११ गतेसम्म चल्ने प्रतियोगिताकाका विजेतालाई नगद रु २५ हजार र उपविजेता टोलीलाई नगद रु २० हजार र कप प्रदान गरिने प्रतियोगिताका संयोजक तथा कपिलवस्तु नगरपालिका–३ का वडाध्यक्ष प्रकाश गैरेले जानकारी दिनुभयो । 

प्रतियोगितामा नगरका आठ टोलीबीच प्रतिष्पर्धा हुने जनाइएको छ । युवालाई कुलतबाट बचाउन तथा शारीरिक सुगठनका लागि सचेत बनाउने उद्देश्यका साथ मेयर कपको आयोजना गरिएको प्रतियोगिताका संयोजक गैरेले जानकारी दिनुभयो । 

नगर प्रमुख किरण सिंहले यस वर्षबाट शुरु गरिएको मेयर कपलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो । एक कार्यक्रमका बीच सोमबार तौलिहवाको बुद्धपद्धम माविको खेल मैदानमा नगरपालिकाका प्रमुख किरण सिंह, पूर्व राजदूत दीपकुमार उपाध्याय, पूर्वराज्यमन्त्री सुरेन्द्रराज आचार्य र संघीय संसद्का सांसद अतहर कमालले क्रिकेट खेलेर प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । 

प्रतियोगिताको उद्घाटनपछि मन्तव्य दिँदै पूर्व राज्यमन्त्री तथा नेपाली काँग्रेसका जिल्ला सभापति सुरेन्द्रराज आचार्यले नगरले शुरु गरेको मेयर कपले युवालाई सिर्जनशील बन्न सहयोग पुर्याउने बताउनुभयो । 

पूर्व राजदूत दीपकुमार उपाध्यायले नेपालले क्रिकेटसहितका खेलमा विश्वमै आफ्नो प्रदर्शनलाई सुधार गर्दै गएको बेला जिल्लामा समेत यस्ता खेललाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठको सञ्चालनमा सम्पन्न उद्घाटन सत्रको कार्यक्रममा क्रिकेट संघकी माया ज्ञवालीले मन्तव्य दिनुभएको थियो । 

सुपर सिक्समा गौतम बुद्ध विजयी 

कपिलवस्तुको तौलिहवामा आयोजित पहिलो दिनको टि ट्वान्टी नकआउट क्रिकेट प्रतियोगिता रोमाञ्चक प्रतिष्पर्धाका बीच सुपर सिक्समा गौतमबुद्ध क्रिकेट क्लबले एक रनले जितेको छ । 

प्रतियोगिताको पहिलो इनिङमा गौतमबुद्धले १८ ओभर ३ बलमा अल आउट हुँदै ९६ रन जोडेको थियो । गौतमबुद्धका खेलाडी विश्वास ढकालले सर्वाधिक २० रन जोडेका थिए भने बलिङतर्फ जयबुद्धका परवेज अन्सारी र अखलाख आलमले समान तीन÷तीन विकेट लिनुभएको थियो । 

खेलको दोस्रो इनिङमा जयबुद्धले २० ओभरमा आठ विकेट गुमाउँदै ९६ रन बनाएको थियो । जयबुद्धका अमिर अहमदले सर्वाधिक ३८ रन बनाउनुभएको थियो भने गौतमबुद्धका कलिम खानले तीन विकेट लिनुभएको थियो । 

दुवै टोलीबीच बराबरी स्कोर भएपछि सुपर सिक्सबाट प्रतियोगिताको नतिजा निकालिएको थियो । सुपर सिक्समा पहिले ब्याटिङ गरेको जयबुद्धले छ रन बनाउँदा गौतमबुद्धले एक ओभरमा सात रन बनाई प्रतियोगिताको पहिलो खेल जितेको थियो । 

प्रतियोगितामा बलिङतर्फ तीन विकेट र ब्याटिङमा पाँच रन बनाएका कलिम खानलाई कपिलवस्तु नगरपालिका–२ का वडाध्यक्ष रामभजन कलवारले म्यान अफ द म्याचको पुरस्कार दिनुभएको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना