२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सुनसरीमा कलेजस्तरीय क्रिकेट प्रतियोगिता हुने

९ फाल्गुन २०७४, बुधबार ०८:१०

फागुन ९, इटहरी | ‘नेपाल इन्टरनेशनल काठमाडौँ’को आयोजनामा यही फागुन १३ देखि २० गतेसम्म प्रदेश नं १ को एक्सपर्ट अन्तर कलेजस्तरीय नकआउट क्रिकेट प्रतियोगिता सञ्चालन गरिने भएको छ । 

स्थानीय कार्यक्रम संयोजक एवं क्रिकेट प्रशिक्षक सिपी पौडेलले आज यहाँ पत्रकार सम्मेलन गरेर एक्सपर्ट कलेजस्तरीय नकआउट क्रिकेट प्रतियोगिताका विषयमा जानकारी दिनुहुँदै उक्त प्रतियोगिता क्रिकेटका लागि उच्च दक्ष जनशक्ति उत्पादनका लागि गर्न लागिएको बताउनुभयो । 

देशका ठूला १२ वटा शहरमा सञ्चालन हुने सो प्रतियोगिताअन्तर्गत प्रदेश नं को इटहरीमा उक्त क्षेत्रका कस्तुरी कोशी सेन्टजेम्स, सुषमा विश्व आदर्श, जनता कलेजलगायत १० वटा कलेजको सहभागिता रहने छ । उक्त प्रतियोगिताका लागि रु दुई लाख ५० हजार खर्च हुनेछ । प्रतियोगिताको विजेता टिमलाई काठमाडाँैमा हुने राष्ट्रिय प्रतियोगितामा समावेश गर्ने कार्यक्रम रहेको पौडेलले बताउनुभयो । 

काठमाडौँमा हुने सो प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने टिमलाई बंगलादेश वा श्रीलंकाको भ्रमण गराई अभ्यास खेलको अवसरसमेत उपलब्ध गराउने योजना रहेको आयोजकले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य