७ फाल्गुन २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

खेलाडी तथा असई रविना भन्छिन् ‘कर्मदाता खोटाङ कराते’

९ फाल्गुन २०७४, बुधबार १३:०९

चिसाङ शेर्पा | फागुन ९, खोटाङ | खोटाङकी रबिना राईको सपना बाल्यकालदेखी नै शिक्षा, खेलकुद, समाजसेवा, साहित्यलाई अंगाल्दै कुशल कराते खेलाडी र ईमान्दार राष्ट्रसेवक हुने थियो । रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा बेंशीटोल निवासी राई त्यही सपनाको बुई चढ्दै, चढ्दै दिक्तेल ईंगिलिस बोर्डिङबाट २०६८ सालमा प्रबेशिका परिक्षा उतिर्ण गरिन् ।

बिद्धालय जिबनको अतिरिक्त क्रियाकलापहरुमा पर्ने खेलकुद, साहित्य, नृत्य, गायन, हाजिरीजवाफमा उत्कृष्ट स्थान प्राप्त गर्दैै सितोरियो कराते डोजो दिक्तेल खोटाङबाट पारिवारीक वातावरणमा करातेको दोश्रो डान (निदान) सम्मको परिक्षा उतिर्ण गरेकी उनी हाल शसस्त्र प्रहरी सहायक निरीक्षक हुन् । जिल्ला, अञ्चल, क्षेत्रीय र राष्ट्रिय खेलमा आफुलाई अब्बल रुपमा प्रस्तुत गरेकी उनी हाल शसस्त्र प्रहरी क्लबको कुशल खेलाडी साथै राष्ट्रिय निर्णायक हुन् ।

तत्कालिन दिक्तेल सोल्माका स्वर्गीय बुबा डम्बर सिं राई र आमा गीतादेवी राईको कोखबाट माईली छोरीको रुपमा २०५२ पुस २९ गते जन्मिएकी रबिनाले क्याम्पस जिबनसँगै शसस्त्र प्रहरीबल नेपाल हलचोकमा २०७१ सालमा ९ महिना कन्ट्रयाकमा करातेको प्रशिक्षण गरेकी थिईन् ।

ग्राण्ड एकेडेमी कलेज कुमारीपाटी ललितपुरबाट प्रबिणता प्रमाण तह उतिर्ण तथा रत्नराज्य लक्ष्मी क्याम्पस प्रर्दशनीमार्गबाट बिएमा अध्ययनरत रहंदै राईले शसस्त्र प्रहरीको असई पदका लागि २०७१ माघ पहिलो साता परिक्षा दिई २०७२ बैशाख १ गते नेपाल प्रहरीको जवानमा भर्ती भई पोखरामा तालिम गर्दागर्दै अघिल्लो बर्ष शसस्त्र प्रहरीमा दिएको असई परिक्षामा नाम निस्केपछी उनीले प्रहरी जवानको जागिर राजिनामा दिईएकी थिईन् ।

ईच्छा शक्ति भएरै बाल्यकालको रुचि पुरा गर्न हर कसरतले लागि परेकी उनले सधैका लागि प्रहरी जवानको जागिर राजिनामा दिई फेरी शसस्त्र प्रहरीको असईको लागि १ बर्ष नवलपरासीको बर्दाघाट तालिम केन्द्रबाट असईको तालिम पुरा गरेकी थिईन् ।

२०७३ असार २६ गते असईको तालिमबाट पासआउट भएकी रबिनाले साउन १ गतेबाट शसस्त्र प्रहरीको असईमा जागिर शुरु गरेकी हुन् । शसस्त्र प्रहरीको असईमा जागिरे भए पनि उनीको सप्तान्त बढी कराते खेलमा बित्ने गर्दछ । कराते खेलको पृष्ठभुमीबाट अगाडी बढेकी उनी आफ्नो बुबा आमापछीको जीवनको मुख्य कर्मदाता सितोरियो कराते परिवार खोटाङ रहेको स्वीर्काछीन् । उनी भन्छीन् ‘बिरुवा उम्रनु, हुर्कनु ठूलो होईन । त्यसलाई रोप्नु, खनजोत, स्याहारसुसार गर्ने कृषकको भूमिका ज्यादै महत्वपुर्ण हुन्छ । त्यस्तै मेरो पनि कृषक खोटाङ कराते परिवार हो ।’ 

ईमान्दार तथा कर्मठ राष्ट्रसेवक, खेलाडी रविना २०७३ सालमा किरात राई खेलकुद संघ र गत माघ १२ गते कृष्णमोहन नुडुप स्मृती उत्कृष्ट कार्य दक्षता शसस्त्र प्रहरी पुरस्कार २०७१ बाट सम्मानित भएकी छन् ।


नेपाली समाजमा महिलालाई कमजोर सोच्ने मानसिकता अझै नहट्दा महिलाहरु असुरक्षित रहेको बताउँदै महिलाहरुमा हुने दुब्र्यवहार, हत्याहिंसा, बलत्कारजस्ता क्रियाकलापबाट बच्न तथा आत्मारक्षाका लागि पनि सितोरियो कराते खेल महत्वपुर्ण रहेको बताउछीन् । कराते खेलबाट यस स्थानमा पुगेकी रविनाले आफ्नो जिवनजस्तै बनाउन सबै महिलालाई कराते खेल्न आग्रह गरीन् । 

स्नातक तह उतिर्ण उनी हाल स्नातकोत्तर तथा एल एल बी(कानुन) को तयारी गर्दै गरेकी रविनाले महिलाहरुलाई घास दाउरा पानी पधेरामात्रै सिमित नराखी अभिभावकहरुले अवसर दिलाए महिलाले पनि पुरुष सरह समाज परिवर्तन र राष्ट्रका निम्ती योगदान गर्न सक्ने क्षमता रहेको बताईन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हमासको नयाँ प्रस्तावले बढायो विपिन जोशी रिहा हुने आस कुकुरले नवजात शिशुको शव मुखमा च्यापेर हिँडेपछि… आमालाई कलेज फेस्टबाट फर्केपछि फोन गर्छु भनेकी थिइन् प्रकृतिले, तर दुई घण्टापछि प्रशासनको फोन आयो ओडिसा घटनाबारे आरजुले गरिन् भारतीय मन्त्रीसँग कुराकानी सिंगापुर र चेक रिपब्लिक पठाइदिन्छु भनी ७३ लाख ठगी गर्ने दुईजना पक्राउ प्रकृति लम्साल मृत्यु प्रकरण : रक्सौल नाका भएर ९३ नेपाली विद्यार्थी स्वदेश फर्किए महाकुंभ मेला : गंगा-यमुना नदीमा फेकल कोलिफर्म बढ्यो, यो शरीरमा पुग्यो भने हुन सक्छन् यी जोखिमहरू ? ओशो सन्न्यासी बनिन् शिल्पा सावित्रा भण्डारी, डा. ओम मूर्ति अनिलसहित यी १० जनाले पाए यस वर्षको ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा’ पुरस्कार शेरबहादुर देउवा बिहीबार भारत जाने नेपाली विद्यार्थीहरुलाई दुर्व्यवहार गर्ने केआईआईटीका कर्मचारीहरु २० हजार धरौटीमा छुटे रुस-युक्रेनयुद्ध युक्रेनकै कारण भएको राष्ट्रपति डोनाल्ड ट्रम्पको आरोप पोखरामा बेलुन विस्फोट प्रकरणः: एक भारतीय नागरिक हिरासतमा, के मुद्दा चलाउने प्रहरी अन्योलमा नेपाललाई अमेरिकाले दिएको सहयोग सार्बजनिक गर्दै ट्रम्पले भने- यो सबै ठगी हो ! कालीमाटी तरकारी बजारमा एक मजदुर मृत फेला, चार जना पक्राउ फिल्म ‘लाज शरणम्’को ट्रेलर रिलिज स्थगित प्रकृति लम्सालको शव नेपाल ल्याईंदै, प्रेमी भनिएका श्रीवास्तवसहित ६ जना पक्राउ, तीन कर्मचारी निलम्बित पुर्व राजा ज्ञानेन्द्रको शुभकामनाप्रति गोकुलको टिप्पणी- डेमोक्रेसी स्थापनामा आफुले गरेको त्याग र योगदान सम्झेर नोस्टाल्जिक होईबक्सेछ आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो ? प्रजातन्त्र दिवसले लोकतान्त्रिक मूल्य र आदर्शप्रति प्रतिबद्ध रहन प्रेरणा दिन्छ : सभामुख घिमिरे