२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

खेलाडी तथा असई रविना भन्छिन् ‘कर्मदाता खोटाङ कराते’

२०७४, ९ फाल्गुन बुधबार १३:०९

चिसाङ शेर्पा | फागुन ९, खोटाङ | खोटाङकी रबिना राईको सपना बाल्यकालदेखी नै शिक्षा, खेलकुद, समाजसेवा, साहित्यलाई अंगाल्दै कुशल कराते खेलाडी र ईमान्दार राष्ट्रसेवक हुने थियो । रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा बेंशीटोल निवासी राई त्यही सपनाको बुई चढ्दै, चढ्दै दिक्तेल ईंगिलिस बोर्डिङबाट २०६८ सालमा प्रबेशिका परिक्षा उतिर्ण गरिन् ।

बिद्धालय जिबनको अतिरिक्त क्रियाकलापहरुमा पर्ने खेलकुद, साहित्य, नृत्य, गायन, हाजिरीजवाफमा उत्कृष्ट स्थान प्राप्त गर्दैै सितोरियो कराते डोजो दिक्तेल खोटाङबाट पारिवारीक वातावरणमा करातेको दोश्रो डान (निदान) सम्मको परिक्षा उतिर्ण गरेकी उनी हाल शसस्त्र प्रहरी सहायक निरीक्षक हुन् । जिल्ला, अञ्चल, क्षेत्रीय र राष्ट्रिय खेलमा आफुलाई अब्बल रुपमा प्रस्तुत गरेकी उनी हाल शसस्त्र प्रहरी क्लबको कुशल खेलाडी साथै राष्ट्रिय निर्णायक हुन् ।

तत्कालिन दिक्तेल सोल्माका स्वर्गीय बुबा डम्बर सिं राई र आमा गीतादेवी राईको कोखबाट माईली छोरीको रुपमा २०५२ पुस २९ गते जन्मिएकी रबिनाले क्याम्पस जिबनसँगै शसस्त्र प्रहरीबल नेपाल हलचोकमा २०७१ सालमा ९ महिना कन्ट्रयाकमा करातेको प्रशिक्षण गरेकी थिईन् ।

ग्राण्ड एकेडेमी कलेज कुमारीपाटी ललितपुरबाट प्रबिणता प्रमाण तह उतिर्ण तथा रत्नराज्य लक्ष्मी क्याम्पस प्रर्दशनीमार्गबाट बिएमा अध्ययनरत रहंदै राईले शसस्त्र प्रहरीको असई पदका लागि २०७१ माघ पहिलो साता परिक्षा दिई २०७२ बैशाख १ गते नेपाल प्रहरीको जवानमा भर्ती भई पोखरामा तालिम गर्दागर्दै अघिल्लो बर्ष शसस्त्र प्रहरीमा दिएको असई परिक्षामा नाम निस्केपछी उनीले प्रहरी जवानको जागिर राजिनामा दिईएकी थिईन् ।

ईच्छा शक्ति भएरै बाल्यकालको रुचि पुरा गर्न हर कसरतले लागि परेकी उनले सधैका लागि प्रहरी जवानको जागिर राजिनामा दिई फेरी शसस्त्र प्रहरीको असईको लागि १ बर्ष नवलपरासीको बर्दाघाट तालिम केन्द्रबाट असईको तालिम पुरा गरेकी थिईन् ।

२०७३ असार २६ गते असईको तालिमबाट पासआउट भएकी रबिनाले साउन १ गतेबाट शसस्त्र प्रहरीको असईमा जागिर शुरु गरेकी हुन् । शसस्त्र प्रहरीको असईमा जागिरे भए पनि उनीको सप्तान्त बढी कराते खेलमा बित्ने गर्दछ । कराते खेलको पृष्ठभुमीबाट अगाडी बढेकी उनी आफ्नो बुबा आमापछीको जीवनको मुख्य कर्मदाता सितोरियो कराते परिवार खोटाङ रहेको स्वीर्काछीन् । उनी भन्छीन् ‘बिरुवा उम्रनु, हुर्कनु ठूलो होईन । त्यसलाई रोप्नु, खनजोत, स्याहारसुसार गर्ने कृषकको भूमिका ज्यादै महत्वपुर्ण हुन्छ । त्यस्तै मेरो पनि कृषक खोटाङ कराते परिवार हो ।’ 

ईमान्दार तथा कर्मठ राष्ट्रसेवक, खेलाडी रविना २०७३ सालमा किरात राई खेलकुद संघ र गत माघ १२ गते कृष्णमोहन नुडुप स्मृती उत्कृष्ट कार्य दक्षता शसस्त्र प्रहरी पुरस्कार २०७१ बाट सम्मानित भएकी छन् ।


नेपाली समाजमा महिलालाई कमजोर सोच्ने मानसिकता अझै नहट्दा महिलाहरु असुरक्षित रहेको बताउँदै महिलाहरुमा हुने दुब्र्यवहार, हत्याहिंसा, बलत्कारजस्ता क्रियाकलापबाट बच्न तथा आत्मारक्षाका लागि पनि सितोरियो कराते खेल महत्वपुर्ण रहेको बताउछीन् । कराते खेलबाट यस स्थानमा पुगेकी रविनाले आफ्नो जिवनजस्तै बनाउन सबै महिलालाई कराते खेल्न आग्रह गरीन् । 

स्नातक तह उतिर्ण उनी हाल स्नातकोत्तर तथा एल एल बी(कानुन) को तयारी गर्दै गरेकी रविनाले महिलाहरुलाई घास दाउरा पानी पधेरामात्रै सिमित नराखी अभिभावकहरुले अवसर दिलाए महिलाले पनि पुरुष सरह समाज परिवर्तन र राष्ट्रका निम्ती योगदान गर्न सक्ने क्षमता रहेको बताईन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना