२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

निष्ट लिटील फ्लावर प्रमियर लिगमा आयोजक र सिद्धार्थको विजयी सुरुवात

२०७४, १५ फाल्गुन मंगलवार १६:२२

फागुन १५, धनगढी । धनगढीमा आजदेखी निष्ट लिटील फ्लावर प्रमियर लिग राष्ट्रिय स्कुल स्तरीय क्रिकेट प्रतियोगीता सुरु भएको छ । 

प्रतियोगीतामा आयोजक लिटील फ्लावर ईङलीस बोर्डीङ स्कुल र सिद्धार्थ सिशु सदनले विजयी सुरुवात गरेका छन् । 

आज धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको उद्धघाटन खेलमा धनगढी माविलाई ४ रनले पराजित गर्दै लिटील फ्लावरले विजयी सुरुवात गरेको छ । 

टस जितेर व्याटीङ गरेको लिटील फ्लावरले १८ दशमलव १ ओभरमा सबै विकेट गुमाउदै १ सय ३८ रन बनायो ।

उस्का लागी नारायण जोशीले २९ बलमा ५३ रनको पारी खेलेका थिए । धनगढी माविका कप्तान रोशन रावल र अमन पन्थीले समान ३÷३ विकेट लिए भने भुपेन्द्र थापाले २ विकेट लिए । 

१ सय ३९ रनको मध्यम लक्ष्यका साथ मैदान उत्रिएको धनगढी उच्चमावी पुरै २० ओभरमा ६ विकेट गुमाउदै १ सय ३४ रनमा समेटीएको हो । अन्तीम ओभरमा जितका लागी १७ रन आवश्यक रहेकोमा धनगढी माविले १२ रन मात्रै बनाउन सक्यो । 

धनगढी माविका लागी अमन लामा र सुवोध ऐररले समान २८÷२८ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । यम कार्कीले २४ रन बनाए । लटील फ्लावरका नारायण जोशी र अनिल थापाले समान २÷२ विकेट लिए । 

खेलको म्यान अफ द म्याच लिटील फ्लावरका ननारायण जोशी भए । आजै भएको दोश्रो खेलमा सिद्धार्थ सिशु सदनले कञ्चनपुरको विचडम एकेडेमीलाई ४२ रनले पराजीत गरेको छ । 

टस जितेर व्याटीङ गरेको सिद्धार्थ सिशु सदनले निर्धारीत २० ओभरमा ५ विकेट गुमाउदै १ सय ४३ रन बनायो । उस्का लागी किरण ठगुन्नाले ४९ र प्रकाश सिहले ४४ रन बनाए । 

विचडमका पवन कार्की, चन्द्र कार्की र बसन्त कार्कीले समान १÷१ विकेट लिए । १ सय ४४ रनको विजयी लक्ष्य सहित मैदान उत्रिएको विचडमले १७ दशमलव ३ ओभरमा सबै विकेट गुमाउदै १ सय १ रन मात्रै बनाउन सक्यो । 

विचडमका लागी बसन्त कार्कीले ३८ र लोकेश बलमे १८ र बनाएपनि आफ्नो टिमलाई जिताउन सकेनन् । सिद्धार्थका प्रकाश सिह, सिफ्टेन अन्सारी र दिपेन्द्र थापाले समान १–१ विकेट लिए ।

यसअघि प्रतियोगीताको एक समारोहका बिच सामाजीक विकास मन्त्री दिर्घ सोडारीले उद्धघाटन गर्नुभएको थियो । प्रतियोगीताको उद्धघाटन गर्दै मन्त्री सोडारीले खेल क्षेत्रमा धेरै गतिवीधी बढेकाले अव धनगढी खेलकुदको शहर बन्नेमा आशावादी रहेको बताउनुभयो । 

आयोजक लिटील फ्लावर ईङलीस बोर्डीङ स्कुलका सस्थापक प्रीन्सीपल तथा प्रतियोगीताका निर्देशक रामचन्द्र शाहीको अध्यक्षतामा भएको कार्यक्रममा निष्ट कलेजका अङग्रेजी विभाग प्रमुख केशव धामी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । 

कार्यक्रममा जिल्ला शिक्षा अधिकारी गणेश वहादुर सिह, कैलाली जिल्ला खेलकुद विकास समितीका अध्यक्ष दिपक सिह, कैलाली जिल्ला क्रिकेट संघका उपाध्यक्ष बाबुराजा श्रेष्ठ लगायतको सहभागीता रहेको थियो । 

यस्तै क्रिकेटबाट सुदुरश्चिमलाई चिनाएको भन्दै खेलाडी नारायण जोशी, सुवोद ऐर र क्रिकेट संघ कैलालीका उपाध्यक्ष बाबुराजा श्रेष्ठलाई सम्मान पनि गरीएको छ ।

प्रतियोगीतामा देशभरीबाट १२ टिमले सहभागीता जनाएका प्रतियोगीताका संयोजक कलेन्द्र शाहीले बताउनुभयो । प्रतियोगीतामा कैलाली सहित काठमाडौ, बाके र कञ्चनपुरका टिमहरुको पनि सहभागीता रहेको छ । 

प्रतियोगीताको विजेताले ५० हजार, उप विजेताले २५ हजार नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै म्यान अफ द सिरीजलाई ५ हजार र विभीन्न चार विधाका उत्कृष्ट खेलाडीलाई २÷२ हजार प्रदान गरीने आयोजक लिटील फ्लावर ईङलीस बोर्डीङ स्कुलका सस्थापक प्रीन्सीपल तथा प्रतियोगीताका निर्देशक रामचन्द्र शाहीले बताउनुभयो । 

धनगढीले क्रिकेटमा राष्ट्रीय पहिचान बनाईरहेका बेला विद्यालय स्तरबाटै खेलाडी उत्पादनमा जोड दिन प्रतियोगीता आयोजना गर्न लागीएको प्रतियोगीताका निर्देशक शाहीले बताउनुभयो । प्रतियोगीता अन्तरग भोली तिन वटा खेल हुनेछन् । 

नवराज पनेरुको सहयोगमा 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त