८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

कर्णाली प्रदेश स्तरीय प्रतियोगिता, सुर्खेतलाई टि–ट्वान्टी क्रिकेटको उपाधि

२६ फाल्गुन २०७४, शनिबार १५:५९

फागुन २६, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पहिलो पटक आयोजना गरिएको कर्णाली प्रदेश स्तरीय टि ट्वान्टी क्रिकेट प्रतियोगितामा अपराजित यात्रा कायम राख्दै सुर्खेतले कर्णाली प्रदेश स्तरीय टि ट्वान्टी क्रिकेटको उपाधि हात पार्न सफल भएको छ ।

सुर्खेतको वीरेन्द्रनगरको कालुङचोक मैदानमा भएको फाईनलमा सुर्खेतले रुकुमलाई ३ विकेटले पाखा लगाएको हो । टस जितेर पहिले ब्याटिङ गरेको रुकुमले निर्धारित २० ओबरमा ८ विकेट गुमाएर ११३ रन बनाएको थियो। रुकुमका दिनेश पुनले ५७ रनको अर्धसतक पुरा गर्दा महेश बिष्टले १८ रन वनाएतापनि अरुले राम्रो प्रदर्शन गर्न सकेनन् ।

११३ रनको लक्ष्य पछ्याएर उच्च मनोबलका साथ मैदानमा उत्रिएकोको सुर्खेतले १८ दशमलव ६ ओभरमा ७ विकेट गुमाएर जित भेटायो। सुर्खेतका निश्चल रावलले २९ र सन्देश रावतले २४ को योगदान दिदै खेल आफ्नो पक्षमा पार्न सफल भए । रुकुमका युवराज केसीले ३ र बालाराम बुढाले २ विकेट लिएपनी टोलीलाई जिताउन सकेनन् ।

खेलमा उत्कृष्ट प्रर्दशन गर्दै सुर्खेतका ललित प्याकुरेल म्यान अफ म्याच घोषित भएका छन् । कर्णाली प्रदेशको क्रिकेट टोली छनोटकालागि गरिएको लिग प्रतियोगितामा प्रदेशका ६ टोलीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता