२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

साफेमा जारी मेयर कपमा सेमिफाईनल पुग्ने टिमको आज टुंगो लाग्दै

२०७४, ३० फाल्गुन बुधबार ०५:२७

कमल रावल | फागुन ३०, अछाम | अछामको बडसैन क्रिकेट मैदानमा जारी प्रथम मेयर कप क्रिकेट प्रतियोगितामा ४ टिम २ जित निकाल्दै शिर्ष स्थानमा प्रबेश गरेका छन् । चौथो दिनको खेलमा समुह क र ख बाट ४ टिम शिर्ष स्थानमा पुगेका हुन । 

मंगलबार भएको समुह 'क' को खेलबाट सिवाईसि अतरिया २ जित निकाल्दै माथिल्लो चरण पुगेको हो । आयोजक साफेबगर नगरपालिकालाई ५ विकटले पराजित गर्दै सिवाईसि अतरियाले माथिल्लो स्थानमा आफनो स्थान बनाएको हो । त्यसपछी समुह ख बाट टंक स्मृति युवा क्लब जुपु टिकापुरले साफेबगर नगरपालिका ३ सिद्धेश्वरलाई ३ रनले पराजित गर्दै सुरक्षित भएको हो । 

टस जितेर पहीले ब्याटिग गरेको जुपुले निर्धारित १२ ओभरमा ४ विकेट गुमाएर १ सय १० रन बनाएको थियो । जवाफमा सिद्धेश्वरले १२ ओभरमा ६ विकेट गुमाएर १ सय ७ रन बनाएको थियो । समुह क बाट त्रिपुरा सुन्दरी क्लब श्रीकोटलाई ३० रनले पराजित गर्दै रिडीकोट युवा क्लब माथिल्लो स्थानमा पक्का भएको हो । यसअघि समुह ख बाट हिजो नै दोस्रो जित निकाल्दै मंगलसेन नगरपालिका माथिल्लो स्थानमा सुरक्षित भईसकेको थियो । प्रतियोगिताको पाचौँ दिन बुधबार पनी ५ खेल हुने भएका छन । 

पहीलो खेल साफेबगर नगरपालिका २ जाल्पादेवि र ४ मष्टामाण्डौँ दोस्रो खेलमा आयोजक साफेबगर नगरपालिका  र सान्नीकोट युवा क्लब श्रीकोट, तेस्रो खेलमा टँक स्मुती युवा क्लब टिकापुर जुपु र मंगलसेन नगरपालिका, चौथौ खेलमा आयोजक साफेबगर नगरपालिका र सान्नीकोट युवा क्लब श्रीकोटमा विजेताले वैजनाथ युवा क्लब कालिमाटी सँग र पाचौँ खेल साफेबगर नगरपालिका २ जाल्पादेवि र ४ मष्टामाण्डौँमा विजेताले सिद्धेश्वर सँग प्रतिस्पर्धा गर्ने प्रतियोगिताका मुख्य अम्पायर रबिन्द शाहले जानकारी दिनु भयो । प्रतियोगितामा सेमिफाईनल पुग्ने टिमको टुगो बुधबार मात्र लाग्ने भएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना