२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

खोटाङमा उपमेयर गोल्डकप महिला फुटबल प्रतियोगिता हुने

२०७४, ४ चैत्र आईतवार ०७:३६

चिसाङ शेर्पा/चैत्र ४, खोटाङ | खोटाङमा पहिलोपटक ‘उपमेयर गोल्डकप महिला फुटबल प्रतियोगिता’ हुने भएको छ । ‘महिला हिंसा अन्त्य गरौं आर्दश पुरुष बनांै, खेलकुदको माध्यमबाट स्वास्थ्य शारारिक हामी एकता–हरेक क्षेत्रमा नारीको सहभागिता’ भन्ने नाराका साथमा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम भञ्ज्याङस्थित कृष्णराम राई, मोतिप्रसाद राई रंगशालामा चैत्र अन्तिम साताबाट महिला फुटबल प्रतियोगिता हुने भएको हो ।


हलेसी तुवाचुङ नगरपालिकाको सहकार्य तथा साकेला सिली फुटबल क्लब दुर्छिमको आयोजनामा आगामी चैत्र २७ देखी ३० गतेसम्म हुने प्रतियोगितामा नगरपालिकाभित्रका ११ वडाका महिला टिमको सहभागिता रहने छ । 

खेलकुदको माध्यमबाट महिला क्षमता बृद्धिमा सहयोग पुग्ने हेतुले आयोजना गरिएको खेलका बिजयी प्रथम टिमले ४० हजार, दोश्रो टिमले २० हजार, तेश्रो टिमले १० हजार र सान्त्वना टिमले ५ हजारका साथमा ट्रफि, मेडल, प्रमाणपत्र पाउने छन् । हाई स्कोर, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडीलाई २÷२ हजार नगदका साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने साकेला सिली फुटबल क्लब दुर्छिमका अध्यक्ष कमल चाम्लिङले जानकारी दिए ।  

यस्तै, गोल्डकपकै अवसरमा नगरपालिकाभित्रका विद्धालयबाट २०७४ सालमा एसईई परिक्षामा सर्वोत्कृष्ट अंक ल्याएर उतिर्ण हुने एकजना महिला विधार्थीलाई ५ हजार नगदले सम्मान गरिने आयोजकले जनाएको छ  । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना