धनगढीले महेन्द्रनगर युनाइटे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

धनगढीले महेन्द्रनगर युनाइटे"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

धनगढी प्रिमियर लिग: टिम चौराह धनगढी विजयी

२० चैत्र २०७४, मंगलवार ०९:२१

चैत २०, धनगढी | रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा टिम चौराह धनगढी विजयी भएको छ । 


धनगढीले महेन्द्रनगर युनाइटेडलाई आठ विकेटले पराजित गरेको हो । टिम चौराह धनगढीको यो दोस्रो जीत हो ।

 महेन्द्रनगर दुई खेलमा एक जीत र एक हारको अवस्थामा छ । संघीय प्रहरी एकाइ कार्यालयको खेल मैदानमा टस हारेर ब्याटिङ गरेको महेन्द्रनगरले निर्धारित २० ओभरको खेलमा आठ विकेट गुमाउँदै १३१ रन बनायो । धनगढीले एक सय ३२ रनको विजयी लक्ष्य १८ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो । 


धनगढीका लागि सुनिल धमलाले अविजित ४६ रन बनाए । उनले ४७ बलमा दुई छक्का र चीन चौका हाने । रोहन मुस्तफाले ३० बल खेल्दै ३९ रन बनाए । उनले तीन छक्का र एक चौका प्रहार गरे । यस्तै अस्फाक अहमदले २४ बलमा ६ चौकासहित ३० तथा सोनु तमाङले अविजित रहँदै १५ रन बनाए । 

बलिङतर्फ महेन्द्रनगरका पुनित मेहरा र अविनाश कर्णले एक एक विकेट लिए । यसअघि ब्याटिङ गर्दै महेन्द्रनगरका पुनितले ४० तथा भुवन कार्कीले ३२ रन बनाए । पुनीतले २२ बलमा दुई छक्का र चार चौका प्रहार गरे ।

 भुवनले ४० बलमा एक छक्का र दुई चौका हाने । यस्तै पुनित विष्टले २४ तथा कप्तान विनोद भण्डारीले ११ रन बनाए । 

बलिङतर्फ धनगढीका लागि ‘प्लेयर अफ द म्याच’ ललितसिंह भण्डारीले चार विकेट लिए । उनले चार ओभरमा ३७ रन दिए । कप्तान सोमपाल कामी र शम्शेद शेखले एक एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता