८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

डिपिएल: महेन्द्रनगर र काठमाडौँ फाइनलका लागि भिड्ने

२७ चैत्र २०७४, मंगलवार ११:४१

चैत २७ धनगढी | महेन्द्रनगर युनाइटेड र काठमाडौँ गोल्डेन्स यहाँ जारी रुस्लान धनगढी प्रिमियर लिग(डिपिएल) क्रिकेट प्रतियोगिताको फाइनल प्रवेशका लागि भिड्ने भएका छन् । 

प्रदेश नं ७ को संघीय इकाइ प्रहरी कार्यालयको खेल मैदानमा आज सिवाईसी अत्तरियालाई १५ रनले हराउँदै महेन्द्रनगर युनाइटेड प्रतियोगिताको दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो । 

सिवाईसी अत्तरियाले टस जित्दै फिल्डिङ रोजेपछि महेन्द्रनगर युनाइटेडले ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा सात विकेट गुमाउँदै एक सय ३० बनाएको थियो । एक सय ३१ रनको विजयी लक्ष्य पछ्याउने क्रममा सिवाईसी अत्तरियाले चार विकेट गुमाएर एक सय १५ रन मात्र बनाउन सक्यो । 

महेन्द्रनगर युनाइटेडका लागि आरिफ शेखले सर्वाधिक ३५ रन बनाए । उनले ३७ बलमा पाँच चौका प्रहार गरे । पुनित मेहराले २९ बलमा एक छक्का र दुई चौकासहित २६ रन बनाए । करण केसीले अविजित रहँदै २४ रनको योगदान दिए । उनले १३ बलमा एक छक्का र तीन चौका हाने । 

आरिफ शेख र रोहितकुमार पौडेलले समान ११ रन बनाए । 

बलिङतर्फ सिवाईसी अत्तरियाका लागि कमलसिंह ऐरीले दुई तथा कृष्ण कार्की, शुभांकर उराव, विनोद लामा, दीपेन्द्रसिंह ऐरी र विपीन चन्द्रले एक÷एक विकेट लिए । 

कप्तान दीपेन्द्रसिंह ऐरी २७ रनमा रन आउट भएपछि अत्तरियाको पारी धरमराएको थियो । ऐरीले ३४ बल खेल्दै एक छक्का प्रहार गरे । सुवाश खकुरेलले सर्वाधिक ३० रन बनाए । उनले २५ बल खेल्दै एक छक्का र दुई चौका हाने । विपीन चन्द्रले अविजित २८ रन बनाए । उनले २९ बलमा एक छक्का प्रहार गरे । गौरव चित्काराले १४ बलमा १४ रनको योगदान दिए । 

बलिङतर्फ महेन्द्रनगर युनाइटेडका रवीन क्षेत्रीले चार ओभरमा १६ रन दिएर दुई 

विकेट लिए । उनी खेलको प्लेयर अफ द म्याच घोषित भए । भुवन कार्कीले चार ओभर बलिङ गर्दै २० रन दिई एक विकेट लिए । 

महेन्द्रनगर युनाइटेडले बुधबार फाइनल प्रवेशका लागि काठमाडौँ गोल्डेन्ससँग प्रतिष्पर्धा गर्ने छ । आजै सम्पन्न टिम चौराह धनगढीसितको खेलमा काठमाडौँ गोल्डेन्स एक विकेटले पराजित भएको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता