२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा बिना अभ्यास थापाले जिते दुई स्वर्ण

२०७४, २८ चैत्र बुधबार ०९:५०

चैत २८ बाजुरा | यहाँ सञ्चाल भइरहेको १०औँ राष्ट्रपति रनिङ शिल्डमा तपेन्द्र थापाले बिना अभ्यास दुईवटा स्वर्ण पदक जितेका छन् । 

सदरमुकाम मार्तडी जारी उक्त प्रतियोगितामा थापा तीन हजार मिटर दौड र एथ्लेटिक्सतर्फको त्रिपलजम्पमा प्रथम हुनुभएको हो । बूढीगंगा नगरपालिकास्थित पशुपति माविमा अध्ययनरत थापा विद्यालयको तर्फबाट शिल्डमा सहभागी हुने एक्लो विद्यार्थी हुन् । 

यसअघि थापा कुनै पनि प्रतियोगितामा सहभागि हुनु भएको छैन । “विद्यालयमा अभ्यास नै नगरी पहिलो पटक जिल्ला स्तरको प्रतियोगितामा सहभागी भएको हुँ,” उहाँले भन्नुभयो । 

राष्ट्रपति रनिङ शिल्डमा जिल्लाका १४ वटा विद्यालयका खेलाडी सहभागी छन् । जिल्ला खेलकुद विकास समितिको आयोजनामा उक्त प्रतियोगिता भइरहेको छ । 

राससकर्मीसहित चारजना सम्मानित 

जिल्ला खेलकूद विकास समितिले १०औ राष्ट्रपति रनिङ शिल्डका अवसरमा राससकर्मीसहित पाँचजना पत्रकारलाई सम्मान गरेको छ । 

जिल्लाको खेल क्षेत्रमा योगदान पुर्याएको भन्दै राष्ट्रिय समाचार समितिको बाजुरा समाचारदाता प्रेमबहादुर रौले, नागरिक दैनिकका कृष्ण ओली, नयाँ पत्रिकाका गगन ऐडी, एभिन्युज टेलिभिजनका लक्ष्मीराज पाध्या र माउण्टेन टिलिभिजनका मदन विकलाई सम्मान गरेको हो । 

यस्तै रेडियो बाजुरा, रेडियो पौरखी र रेडियो बूढीनन्दालाई समेत सम्मान गरेको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त