८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा बिना अभ्यास थापाले जिते दुई स्वर्ण

२८ चैत्र २०७४, बुधबार ०९:५०

चैत २८ बाजुरा | यहाँ सञ्चाल भइरहेको १०औँ राष्ट्रपति रनिङ शिल्डमा तपेन्द्र थापाले बिना अभ्यास दुईवटा स्वर्ण पदक जितेका छन् । 

सदरमुकाम मार्तडी जारी उक्त प्रतियोगितामा थापा तीन हजार मिटर दौड र एथ्लेटिक्सतर्फको त्रिपलजम्पमा प्रथम हुनुभएको हो । बूढीगंगा नगरपालिकास्थित पशुपति माविमा अध्ययनरत थापा विद्यालयको तर्फबाट शिल्डमा सहभागी हुने एक्लो विद्यार्थी हुन् । 

यसअघि थापा कुनै पनि प्रतियोगितामा सहभागि हुनु भएको छैन । “विद्यालयमा अभ्यास नै नगरी पहिलो पटक जिल्ला स्तरको प्रतियोगितामा सहभागी भएको हुँ,” उहाँले भन्नुभयो । 

राष्ट्रपति रनिङ शिल्डमा जिल्लाका १४ वटा विद्यालयका खेलाडी सहभागी छन् । जिल्ला खेलकुद विकास समितिको आयोजनामा उक्त प्रतियोगिता भइरहेको छ । 

राससकर्मीसहित चारजना सम्मानित 

जिल्ला खेलकूद विकास समितिले १०औ राष्ट्रपति रनिङ शिल्डका अवसरमा राससकर्मीसहित पाँचजना पत्रकारलाई सम्मान गरेको छ । 

जिल्लाको खेल क्षेत्रमा योगदान पुर्याएको भन्दै राष्ट्रिय समाचार समितिको बाजुरा समाचारदाता प्रेमबहादुर रौले, नागरिक दैनिकका कृष्ण ओली, नयाँ पत्रिकाका गगन ऐडी, एभिन्युज टेलिभिजनका लक्ष्मीराज पाध्या र माउण्टेन टिलिभिजनका मदन विकलाई सम्मान गरेको हो । 

यस्तै रेडियो बाजुरा, रेडियो पौरखी र रेडियो बूढीनन्दालाई समेत सम्मान गरेको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता