८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

नवौं राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सुरु

२८ चैत्र २०७४, बुधबार १५:४९

चैत्र २८, अर्घाखाँची । नवौं राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता बुधबारदेखि सन्धिखर्कमा सुरु भएको छ । खेलको पूर्व उपप्रधानमन्त्री तथा  जिल्लाका प्रतिनिधि सभा सांसद टोपबहादुर रायमाझीले ओलम्पिक ज्वाला प्रज्वलन गरेर  उद्घाटन गर्नुभएको छ । 

प्रतियोगितामा जिल्लाका राष्ट्रिय धावक रोहित अधिकारीले दौड मार्फत ओलम्पिक ज्वाला परिक्रमा गर्नुभएको थियो । खेलको उद्घाटन गर्दै प्रमुख अतिथि रायमाझीले खेल हरेक पक्षका लागि महत्वपूर्ण रहेको बताउनुभयो । ‘खेलकुदले मनोरञ्जनसँगै शरिरलाई स्वस्थ राख्न पनि निकै ठूलो टेवा पुर्‍याईरहेको हुन्छ’ उहाले भन्नुभयो, ‘अनुशासन, मित्रता र बैमनस्यताको अन्त्य गर्नमा पनि यसले भूमिका खेलेको देखिन्छ ।’ रायमाझीले खेलकुद विना विकास र समृद्धि अधुरो रहने भन्दै खेल क्षेत्रको विकासमा राज्यले विशेष ध्यान पुर्‍याउन जरुरी रहेको औंल्याउनुभयो । खेलाडीहरुले देशलाई विश्वमा चिनाउन निकै मेहनत गरेर खेलिरहेका छन्’ उहाले थप्नुभयो ‘खेलाडीहरुका लागि चाहिने आवश्यक पुर्वाधार निर्माणमा ध्यान पुग्नु जरुरी छ ।’ 

प्रदेश सभा क्षेत्र नं. १ का सांसद चेतनारायण आचार्यले जिल्लामा खेलकुद क्षेत्रले छोटो समयमै फड्को मारेको बताउनुयो । ‘यहाँका केहि खेलाडी राष्ट्रिय/अन्र्तराष्ट्रिय  स्तरका प्रतियोगितामा भाग लिएर विजयी हासिल गर्नुलाई ठूलो सफलताको रुपमा लिनु पर्छ’ उहालेभन्नुभयो ‘खेलाडीहरुको क्षमता विकासका लागि आवश्यक सबै कार्यका लागि हामी जनप्रतिनिधिबाट कुनै कमी हुनुहुँदैन ।’ उहाले जिल्लाका प्रत्येक स्थानीय तहमा सुविधा सम्पन्न खेल मैदान निर्माणका लागि आफुले पहल गर्ने बताउनुभयो । 


जिल्ला समन्वय समितिका प्रमुख पिताम्वर शर्मा भुसालले स्थानीय स्तरमा हुने प्रतियोगिताकै माध्यमबाट खेलाडीहरु राष्ट्रिय स्तर सम्म पुग्ने भएको हुँदा बेला मौकामा प्रतियोगिताहरु आयोजना गर्नुपर्ने बताउनुभयो । ‘स्थानीय स्तमा हुने खेलबाट खेलाडीहरुले प्रतिभा प्रष्फुटन हुने हो’ उनले भने, ‘शिक्षक अभिभावकहरुले खेलाडीहरुको  खेल खेल्ने इच्छालाई कुंठित गर्नु हुँदैन ।’ जिल्लाका सबै स्थानीय तहहरुको प्रतिनिधित्व गर्दै सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले स्थानीय तहले खेलकुद क्षेत्रको विकासका लागि आवश्यक वजेट विनियोजन गर्न तयार रहेको बताउनुभयो । ‘सन्धिखर्क नगरपालिका खेलकुद क्षेत्रमा आवश्यक वजेट विनियोजन गर्न तयार छ’ उहाले भन्नुभयो । सबै स्थानीय तहहरुले खेल क्षेत्रको विकासमा ध्यान पुर्‍याउन आवश्यक छ ।’ प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले खेल क्षेत्रको विकासले राष्ट्र निर्माणमा ठूलो टेवा पुर्‍याउने बताउनुभयो । ‘खेल क्षेत्रमा अघि रहेको देशहरु विकास र समृद्धिमा पनि अव्वल नै देखिएका छन् । ‘कुनै पनि राष्ट्रको विकासका लागि खेल क्षेत्रको विकास पनि अत्यावश्यक मानिन्छ ।’

सबै राजनीतिक दलको तर्फबाट बोल्दै एमाले जिल्ला सचिव रामबहादुर चौहानले  अनुशासन पूर्वक खेल खेल्न  खेलाडीहरुलाई सुझाव दिनुभयो । ‘बल जफ्तीमा जितेको जित भन्दा अनुशासन पूर्वक खेलेको खेलको हारको वास्तविक जित हुन्छ’ उहाले भन्नुभयो ।, खेलाडीको मुख्य परिचय भनेकै अनुशासन हो ।’ कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष हिमबहादुर जिसी लेकाली, उद्योग वाणिज्य संघका  अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, लगायतले सफलताको शुभकामना मन्तव्य राख्नुभएको थियो  । खेलमा जिल्ला भरका ६० माविका ९ सय ८४ जना खेलाडी सहभागी भएका जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सिद्धि प्रसाद भुसालले जानकारी दिनुभयो  । १८ वर्ष भन्दा माथिका खेलाडीहरु खेलमा सहभागी बन्न नपाउने समेत जानकारी दिनुभएको छ । प्रगियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरुले गित तथा नृत्य समेत प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेका थिए । 

कार्यक्रम जिल्ला खेलकुद बिकास समितिका जिल्ला अध्यक्ष सिद्धि प्रसादभुसालको अध्यक्षता  सदस्य नरेन्द्र बस्नेतको स्वागत मन्तव्य र गौरीशंकर वोर्डिङ्गका शिक्षक शिव बेल्वासे संचालनमा सम्पन्न भएको थियो । 

माथिको तश्विरमा: ओलम्पिक ज्वाला प्रज्वलन गरेर  खेलको उद्घाटन गर्दै प्रतिनिधि सभा सांसद रायमाझी: तस्बिर: जितेन्द्र खत्रि  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता