२०८२, १ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

नवौं राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सुरु

२०७४, २८ चैत्र बुधबार १५:४९

चैत्र २८, अर्घाखाँची । नवौं राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता बुधबारदेखि सन्धिखर्कमा सुरु भएको छ । खेलको पूर्व उपप्रधानमन्त्री तथा  जिल्लाका प्रतिनिधि सभा सांसद टोपबहादुर रायमाझीले ओलम्पिक ज्वाला प्रज्वलन गरेर  उद्घाटन गर्नुभएको छ । 

प्रतियोगितामा जिल्लाका राष्ट्रिय धावक रोहित अधिकारीले दौड मार्फत ओलम्पिक ज्वाला परिक्रमा गर्नुभएको थियो । खेलको उद्घाटन गर्दै प्रमुख अतिथि रायमाझीले खेल हरेक पक्षका लागि महत्वपूर्ण रहेको बताउनुभयो । ‘खेलकुदले मनोरञ्जनसँगै शरिरलाई स्वस्थ राख्न पनि निकै ठूलो टेवा पुर्‍याईरहेको हुन्छ’ उहाले भन्नुभयो, ‘अनुशासन, मित्रता र बैमनस्यताको अन्त्य गर्नमा पनि यसले भूमिका खेलेको देखिन्छ ।’ रायमाझीले खेलकुद विना विकास र समृद्धि अधुरो रहने भन्दै खेल क्षेत्रको विकासमा राज्यले विशेष ध्यान पुर्‍याउन जरुरी रहेको औंल्याउनुभयो । खेलाडीहरुले देशलाई विश्वमा चिनाउन निकै मेहनत गरेर खेलिरहेका छन्’ उहाले थप्नुभयो ‘खेलाडीहरुका लागि चाहिने आवश्यक पुर्वाधार निर्माणमा ध्यान पुग्नु जरुरी छ ।’ 

प्रदेश सभा क्षेत्र नं. १ का सांसद चेतनारायण आचार्यले जिल्लामा खेलकुद क्षेत्रले छोटो समयमै फड्को मारेको बताउनुयो । ‘यहाँका केहि खेलाडी राष्ट्रिय/अन्र्तराष्ट्रिय  स्तरका प्रतियोगितामा भाग लिएर विजयी हासिल गर्नुलाई ठूलो सफलताको रुपमा लिनु पर्छ’ उहालेभन्नुभयो ‘खेलाडीहरुको क्षमता विकासका लागि आवश्यक सबै कार्यका लागि हामी जनप्रतिनिधिबाट कुनै कमी हुनुहुँदैन ।’ उहाले जिल्लाका प्रत्येक स्थानीय तहमा सुविधा सम्पन्न खेल मैदान निर्माणका लागि आफुले पहल गर्ने बताउनुभयो । 


जिल्ला समन्वय समितिका प्रमुख पिताम्वर शर्मा भुसालले स्थानीय स्तरमा हुने प्रतियोगिताकै माध्यमबाट खेलाडीहरु राष्ट्रिय स्तर सम्म पुग्ने भएको हुँदा बेला मौकामा प्रतियोगिताहरु आयोजना गर्नुपर्ने बताउनुभयो । ‘स्थानीय स्तमा हुने खेलबाट खेलाडीहरुले प्रतिभा प्रष्फुटन हुने हो’ उनले भने, ‘शिक्षक अभिभावकहरुले खेलाडीहरुको  खेल खेल्ने इच्छालाई कुंठित गर्नु हुँदैन ।’ जिल्लाका सबै स्थानीय तहहरुको प्रतिनिधित्व गर्दै सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले स्थानीय तहले खेलकुद क्षेत्रको विकासका लागि आवश्यक वजेट विनियोजन गर्न तयार रहेको बताउनुभयो । ‘सन्धिखर्क नगरपालिका खेलकुद क्षेत्रमा आवश्यक वजेट विनियोजन गर्न तयार छ’ उहाले भन्नुभयो । सबै स्थानीय तहहरुले खेल क्षेत्रको विकासमा ध्यान पुर्‍याउन आवश्यक छ ।’ प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले खेल क्षेत्रको विकासले राष्ट्र निर्माणमा ठूलो टेवा पुर्‍याउने बताउनुभयो । ‘खेल क्षेत्रमा अघि रहेको देशहरु विकास र समृद्धिमा पनि अव्वल नै देखिएका छन् । ‘कुनै पनि राष्ट्रको विकासका लागि खेल क्षेत्रको विकास पनि अत्यावश्यक मानिन्छ ।’

सबै राजनीतिक दलको तर्फबाट बोल्दै एमाले जिल्ला सचिव रामबहादुर चौहानले  अनुशासन पूर्वक खेल खेल्न  खेलाडीहरुलाई सुझाव दिनुभयो । ‘बल जफ्तीमा जितेको जित भन्दा अनुशासन पूर्वक खेलेको खेलको हारको वास्तविक जित हुन्छ’ उहाले भन्नुभयो ।, खेलाडीको मुख्य परिचय भनेकै अनुशासन हो ।’ कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष हिमबहादुर जिसी लेकाली, उद्योग वाणिज्य संघका  अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, लगायतले सफलताको शुभकामना मन्तव्य राख्नुभएको थियो  । खेलमा जिल्ला भरका ६० माविका ९ सय ८४ जना खेलाडी सहभागी भएका जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सिद्धि प्रसाद भुसालले जानकारी दिनुभयो  । १८ वर्ष भन्दा माथिका खेलाडीहरु खेलमा सहभागी बन्न नपाउने समेत जानकारी दिनुभएको छ । प्रगियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरुले गित तथा नृत्य समेत प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेका थिए । 

कार्यक्रम जिल्ला खेलकुद बिकास समितिका जिल्ला अध्यक्ष सिद्धि प्रसादभुसालको अध्यक्षता  सदस्य नरेन्द्र बस्नेतको स्वागत मन्तव्य र गौरीशंकर वोर्डिङ्गका शिक्षक शिव बेल्वासे संचालनमा सम्पन्न भएको थियो । 

माथिको तश्विरमा: ओलम्पिक ज्वाला प्रज्वलन गरेर  खेलको उद्घाटन गर्दै प्रतिनिधि सभा सांसद रायमाझी: तस्बिर: जितेन्द्र खत्रि  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? मलेसियाको बायोमेट्रिक मेडिकलको नाममा ठगी र सिन्डिकेटमाथि श्रम मन्त्रालयको टास्क फोर्सको छापा