२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

प्रदेश स्तरीय कराते प्रतियोगितामा खोटाङको शानदार जीत

२०७५, १ बैशाख शनिबार १०:०८

चिसाङ शेर्पा | बैशाख १, खोटाङ | प्रथम प्रदेश नं. १ स्तरीय कराते प्रतियोगिताको उपाधी खोटाङले जितेको छ । खरबन्दि कराते डोजो गोलधाप अर्जुनधारा झापाले आयोजना गरेको दुई दिवसीय प्रतियोगितामा ९ पदक जित्दै समुह प्रथम भएको हो । समुहले ३ स्वर्ण २ रजत, ४ कास्य जित हाँसिल गरेको थियो । 

मुलुक संघिय संचनामा गइसकेपछि गत चैत्र २९, ३० गते पहिलोपटक भएको ऐतिहासिक प्रदेश स्तरीय प्रतियोगितामा पुरुष एकलकातामा मोतिचन्द्र राई, महिला एकलकाता ५५केजीमा विद्याकला राई र ५५ केजी प्लसमा जस्मिना राई प्रथम भएको छ ।

महिला एकलकाताकै ५० केजी तौलमा रोश्मा राई, पुरुष एकलकातामा ४० केजी तौलमा प्रशान्त राई दोश्रो र ४५ केजी तौलमा पर्शुराज राई र ५० केजी तौलमा बिकल राई, ४५ केजीमा नन्जु राई तेश्रो भएका छन् । एकलकाता महिलामा रोश्मा राई तेश्रो भएको हो । 

विजयी टिम समुहले नगद २० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका राष्ट्रिय निर्णायक मिलन कसजुले जानकारी दिनुभयो । खेलकुदको माध्यमबाट जिल्लालाई चिनाउने खेलाडीहरुलाई प्रोत्साहन स्वरुप नगरपालिकाले आवातजावत यातायात खर्चको प्रबन्ध मिलाएको थियो । गत २७ गते खेलाडीलाई विदाई गर्दै प्रदेश स्तरिय खेलमा जित हाँसिल गरेर आएमा आगामी बैशाख २०, २१, २२ गतेसम्म सञ्चालन हुने दोश्रो खोटाङ–हलेसी खुल्ला अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको अन्तिम दिन नगरले उचित पुरस्कारसहित बेग्लै सम्मान गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताउनु भएको थियो ।  

क्याप्सनमा: खोटाङ डोजोका खेलाडी विजेता बनेपछि सामुहिक तस्विरमा | तस्विर: मिलन कसजुको फेसबुकबाट  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना