2026-08-29 10:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि अर्घाखाँची आवासियलाई

वैशाख १, अर्घाखाँची | नवौं राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको उपाधि अर्घाखाँची आवासिय माविले हात पारेको छ । १ सय ९ अंकका साथ आवासियले उपाधि जितेको हो । 

गौरीशंकर इङ्गलिस वोर्डिङ्ग ६३ अंकका साथ द्वितिय र सन्धिखर्क ग्रिन इङ्गलिस वोर्डिङ्ग ५७ अंकका साथ तृतिय भएको छ । यस वर्ष सन्धिखर्क मै रहेका  तिन ओटा संस्थागत विद्यालयलहरुले राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय स्थान हासिल गरेका छन् । प्रतियोगिता अन्तर्गत भएका विभिन्न खेल मध्ये छात्र भलिवलमा  शिवदह मावि जुकेना प्रथम, भगवति मावि शंखेटारी द्वितिय भएको छ । यस्तै छात्रा भलिवलमा सन्धिखर्क ग्रिन प्रथम र गौरीशंकर वोर्डिङ्ग द्वितिय भएको छ । छात्र कपर्दीमा अर्घाखाँची आवसिय मावि प्रथम र नुवाकोट मावि चिदिचौरले द्वितिय स्थान हासिल गरेको छ ।

 छात्रा कपर्दीमा सरस्वति माता मावि अर्घातोष प्रथम र जनज्योति मावि सन्धिखर्क द्वितिय भएको छ ।  एथलेटिक्स छात्रमा अर्घाखाँची आवासिय मावि प्रथम र युवा वर्ष जनता रविचित्र मावि द्वितिय भएको छ । छात्रा एथलेटिक्स तर्फ  भगवति मावि चिदिचौर प्रथम र सन्धिखर्क ग्रिन वोर्डिङ्ग द्वितिय बनेको छ । ज्योति मावि ठाडाका  सन्तोष खड््का छात्रतर्फ र जनप्रिय मावि असुरकोटकी कपिला घर्ती छात्रा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।  खेलमा प्रथम स्थान हासिल गर्ने विद्यालयलाई शिल्ड, ट्रफि र प्रमाण पत्र प्रदान गरिएको छ । यस्तै द्वितिय र तृतिय स्थान हासिल गर्ने विद्यालयलाई ट्रफि र प्रमाण पत्र प्रदान गरिएको छ । यस्तै विभिन्न विधामा प्रथम, द्वितिय र तृतिय हुने खेलाडीहरुलाई मेडल र  प्रमाण पत्रले पुरस्कृत गरिएको छ । 

 विभिन्न विधामा सर्वोत्कृष्ट हुने खेलाडीलाई समेत पुरस्कृत गरियो । सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार विक, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सिद्धिप्रसाद भुसालले खेलाडीहरुलाई पुरस्कृत गरे । खेलमा विजयी हासिल गरेपछि आवसियले पञ्चेवाजा  सहित सन्धिखर्कमा खुसीयाली मनाएको छ । विद्यालयले शिक्षक विद्यार्थी र अभिभावकका बीचमा  सन्धिखर्क बजार परिक्रमा गरि खुसीयाली  मनाएको हो । उपाधि विजेता अर्घाखाँची आवासिय माविका प्रिन्सिपल श्रीकृष्ण भुसालले सबै खेलाडी र खेल शिक्षकको अथक मिहेनतका कारण उपाधि हात पार्न सफल भएको बताए । ‘लगातार तिन पटक उपाधि जितेर शिल्ड नै कब्जा गर्ने योजनामा लाग्ने छौं उनले भने, पहिलो पटक राष्ट्रपति रनिङ्गशिल्डको उपाधि जित्न सफल भएकोमा निकै सुखी भएका छौं ।’ खेलकुद विकास समितिका अध्यक्ष भुसालले अनुशान पूर्वक खेल सम्पन्न गरिएको बताए । खेलमा कुनै विवाद आएन उनले भने, ‘खेलमा खटिएका रेर्फीहरुको भूमिका निकै सरायिन रह्यो’ केहि दिन अघि सन्धिखर्कमा सञ्चालन भएको सन्धिखर्क रनिङ्गशिल्डको उपाधि पनि आवासियले आफ्नो पोल्टामा पारेको थियो । गत वर्ष सन्धिखर्क रनिङ्गशिल्ड र राष्ट्रपति रनिङ्गशिल्ड दुबै भगवति मावि सन्धिखर्कले जितेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो