२०८२, १ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

बिसिसिए कप क्रिकेटको उपाधी त्रिपुराद्वारा कब्जा

२०७५, ३ बैशाख सोमबार १५:४९

नरी बडु | बैसाख ३, बैतडी । त्रिपुरा क्रिकेट क्लवले बैतडीमा जारी बिडिसिए कप क्रिकेट प्रतियोगिताको १७ औं संस्करणको उपाधी कब्जा गरेको छ । निंगलाशैनी खेल मैदान, देहिमाण्डौंमा भएको उपाधी भिडन्तमा जेएवाईसी,थालिगाडालाई २७ रनले पाखालाई लगाउदै त्रिपुराले उपाधी रक्षा गरेको हो ।

टस जितेर पहिला ब्याटिंग गरेको त्रिपुराले निर्धा्रित २० ओभरमा ६ विकेटको क्षतीमा १९२ रन बनायो । जसमा सञ्जय धामीले अर्धसतकिय पारी खेल्दै ५३ रन जोडे भने तेज चन्दले ४८ रनको योगदान गरे । थालिगाडाका राम चन्दले ३ तथा जितेन्द्र रावलले २ विकेट हात पारे । १९३ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको थालिगाडाले निर्धा्रित २० ओभरमा ९ विकेटको क्षतीमा १६५ रन मात्र जोड्न सक्यो । भरत चन्दले ३६ तथा जितेन्द्र रावलले २४ रनको योगदान गरेपनि अन्य ब्याट्सम्यान चल्न नसक्दा थालिगाडाले उप विजेतामै चित्त बुझाउन बाध्य भयो । त्रिपुराका लागी म्यान अफ द फाईनल तेज चन्दले २ विकेट हात पारे । यस्तै मुकेश मौनी र गणेश थापाले पनि समान दुई दुई विकेट प्राप्त गरे ।


उपाधीसंगै त्रिपुराले नगद ३० हजार , उपविजेता थालिगाडाले नगद २० हजार ट्रफी र प्रमाणपत्र पाएको छ । यसैबिच प्रतियोगिताभरी उत्कृष्ट प्रदर्शन गर्ने त्रिपुराका तेज चन्द म्यान अफ द सिरिज घोषित हुदै नगद ५ हजार ट्रफी र प्रमाणपत्र हात पारे । उनले प्रतियोगिताभरी सर्वा्धिक २ सय रन तथा ५ विकेट हात पारेका थिए । यस्तै प्रतियोगिताभरी उत्कृष्ट बलिङ गरेर १५ विकेट हात पारेका त्रिपुराका गणेश थापा उत्कृष्ट बलर चुनिए भने प्रतियोगितामा १०३ रन बनाउने थालिगाडाका राम चन्द उत्कृष्ट ब्याट्सम्यान घोषित भए । निंगलाशैनी क्रिकेट क्लव, देहिमाण्डौंका गजेन्द्र बोहरा उदयीमान खेलाडीका रुपमा सम्मानित भए । उनले एकै ईनिंगमा ५५ बलको सहायतामा १४३ रनको पारी खेलेका थिए ।

बैतडी जिल्ला क्रिकेट संघको आयोजना सम्पन्न भएको प्रतियोगितामा जिल्लाका १६ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेता उपविजेता टोली तथा उत्कृष्ट खेलाडीलाई एक कार्यक्रमका बिच पुरस्कार बितरण गरिएको छ । दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्र सिंह थापा प्रमुख अतिथि रहनुभएका समापन समारोहको अध्यक्षता बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष लाल बहादुर चन्दले गर्नुभएको थियो ।

समापन समारोहमा बोल्नुहुदै दशरथचन्द नगरपालिकाका प्रमुख थापाले क्रिकेटको विकासका लागी आफु कटिबद्ध रहेको बताउनुभयो । क्रिकेटको विकासका लागी नगरपालिकाले बढी भन्दा बढी सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । यस्तै बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष चन्दले क्रिकेटको विकासका लागी प्रगियोगिता आयेजना गरिएको भएपनि उपयुक्त खेलमैदानको अभाव सधै खड्किरहने उहाँको भनाई रहेको छ । देश संघिय संरचनामा गईसकेपछी अबका दिनमा यस्ता प्रतियोगिता सञ्चालन गर्न स्थानिय तहले अग्रसर हुनुपर्नेमा उहाँको जोड रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? मलेसियाको बायोमेट्रिक मेडिकलको नाममा ठगी र सिन्डिकेटमाथि श्रम मन्त्रालयको टास्क फोर्सको छापा स्थगनमा परेका आयोजनाको रकम फुकुवा हुने क्रम जारी छ: अर्थमन्त्री खनाल राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित तोकिएको मितिमै निर्वाचन हुन्छः प्रचण्ड बिभागमा श्रम स्वीकृति दिन ढिलासुस्तीसँगै कर्मचारी र विचौलिया बीच ‘सेटिङ’ फेरी सक्रिय निर्वाचन आचारसंहिता उल्लङ्घनमा ५१ स्पष्टीकरण, जवाफ ३० मात्र तामाकोसी बस दुर्घटनापछि क्षतिपूर्तिको माग गर्दै मन्थलीमा प्रदर्शन आयल निगमको टेकु कार्यालयबाट पनि उपभोक्ताले ग्यास खरिद गर्न पाउने