२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

वडा स्तरीय पुरुष फुटबल प्रतियोगीतामा बाम्राङद्धारा लफ्याङ पराजित

२०७५, ४ बैशाख मंगलवार १४:०८

चिसाङ शेर्पा | बैशाख ४, खोटाङ | खोटाङमा दोश्रो नगरकप पुरुष फुटबल प्रतियोगीता शुरु भएको छ । सोल्मा स्पोर्टस क्लब सोल्मा दिक्तेलले आयोजना गरेको दोश्रो दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता शुरु भएको हो ।

‘सभ्य समाज निर्माणको निम्ति अनिवार्य खेलकुद’ भन्ने नाराका साथमा आयोजित प्रतियोगिताको पहिलो खेलमा वडा नं. ३ बाम्राङले वडा नं. ५ लफ्याङलाई २–१ गोल अन्तरले पराजित गरेको छ । फुटबलको व्यवसायीक बिकासमा टेवा पु¥र्याउने उद्धेश्यकासाथ नगरपालिका–२ दिक्तेल सोल्मामा शुरु वडा स्तरीय पुरुष फुटबल प्रतियोगितामा नगरपालिका भित्रका १२ टिम समुहले सहभागिता जनाएको छ ।

१५ वडा रहेको नगरपालिकामा खाल्ले, चिउरीडाँडा–७, चिउरीडाँडा–८, निर्मलीडाँडा र पाथेका सहभागी नभएको सोल्मा स्पोर्टस् क्लवका सचिव श्याम कुमार राईले बताए । प्रतियोगितामा दिक्तेल–२ सोल्माको ३ टिम सहभागी रहेको छ ।

प्रतियोगीताका प्रथमले नगद रु ७५ हजार ७५ दोश्रोले रु ५० हजार ५० र सेमिफाइनलिष्टले रु २० हजार २० प्राप्त गर्ने आयोजक सोल्मा स्पोर्टस् क्लवका अध्यक्ष ध्रुबबिक्रम राईले बताए । राईका अनुसार ५ हजार ५५५ खेलकुद पत्रकारिता पुरस्कार अन्तिम दिन प्रदान गरिने छ । 

प्रतियोगीताका बेस्ट प्लेयरलाई ४ हजार ४० तथा बेस्ट डिफेण्डर, बेस्ट मिडफिल्डर, हाई स्कोरर, बेस्ट किपर, बेस्ट कोच र अनुशासित टिमलाई ३ हजार ३० रुपैयाँका दरले पुरस्कार प्रदान गरिने सोल्मा स्पोर्टस् क्लवले जनाएको छ । वडा स्तरीय पुरुष फुटबल प्रतियोगितको प्रतिनिधीसभा सदस्य विशाल भट्टराईले संस्थाको व्यानरसहित वेलेन राखिएको रिबन काटेर फुटबल प्रतियोगिताको उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना