८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

वडा स्तरीय पुरुष फुटबल प्रतियोगीतामा बाम्राङद्धारा लफ्याङ पराजित

४ बैशाख २०७५, मंगलवार १४:०८

चिसाङ शेर्पा | बैशाख ४, खोटाङ | खोटाङमा दोश्रो नगरकप पुरुष फुटबल प्रतियोगीता शुरु भएको छ । सोल्मा स्पोर्टस क्लब सोल्मा दिक्तेलले आयोजना गरेको दोश्रो दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता शुरु भएको हो ।

‘सभ्य समाज निर्माणको निम्ति अनिवार्य खेलकुद’ भन्ने नाराका साथमा आयोजित प्रतियोगिताको पहिलो खेलमा वडा नं. ३ बाम्राङले वडा नं. ५ लफ्याङलाई २–१ गोल अन्तरले पराजित गरेको छ । फुटबलको व्यवसायीक बिकासमा टेवा पु¥र्याउने उद्धेश्यकासाथ नगरपालिका–२ दिक्तेल सोल्मामा शुरु वडा स्तरीय पुरुष फुटबल प्रतियोगितामा नगरपालिका भित्रका १२ टिम समुहले सहभागिता जनाएको छ ।

१५ वडा रहेको नगरपालिकामा खाल्ले, चिउरीडाँडा–७, चिउरीडाँडा–८, निर्मलीडाँडा र पाथेका सहभागी नभएको सोल्मा स्पोर्टस् क्लवका सचिव श्याम कुमार राईले बताए । प्रतियोगितामा दिक्तेल–२ सोल्माको ३ टिम सहभागी रहेको छ ।

प्रतियोगीताका प्रथमले नगद रु ७५ हजार ७५ दोश्रोले रु ५० हजार ५० र सेमिफाइनलिष्टले रु २० हजार २० प्राप्त गर्ने आयोजक सोल्मा स्पोर्टस् क्लवका अध्यक्ष ध्रुबबिक्रम राईले बताए । राईका अनुसार ५ हजार ५५५ खेलकुद पत्रकारिता पुरस्कार अन्तिम दिन प्रदान गरिने छ । 

प्रतियोगीताका बेस्ट प्लेयरलाई ४ हजार ४० तथा बेस्ट डिफेण्डर, बेस्ट मिडफिल्डर, हाई स्कोरर, बेस्ट किपर, बेस्ट कोच र अनुशासित टिमलाई ३ हजार ३० रुपैयाँका दरले पुरस्कार प्रदान गरिने सोल्मा स्पोर्टस् क्लवले जनाएको छ । वडा स्तरीय पुरुष फुटबल प्रतियोगितको प्रतिनिधीसभा सदस्य विशाल भट्टराईले संस्थाको व्यानरसहित वेलेन राखिएको रिबन काटेर फुटबल प्रतियोगिताको उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता