2026-08-26 01:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

इलामको माइभ्याली गोल्डकपको तयारी अन्तिम चरणमा

वैशाख ५, इलाम (रासस) | इलामको ठूलो टुँडिखेलमा वैशाख ६ गतेदेखि सञ्चालन हुन लागेको चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको छ । 

वैशाख ६ देखि १७ वैशाखसम्म सञ्चालन हुने गोल्डकपमा दर्शकका लागि बाँसको प्यारापिट निर्माण गरिएको छ । करीब १० हजार दर्शक अटाउन सक्ने क्षमताको प्यारापिट निर्माण गरिएको आयोजक माईभ्याली फुटबल क्लबका अध्यक्ष धीरेन चेम्जोङले जानकारी दिनुभयो । यसवर्ष रु आठ लाख खर्चेर प्यारापिट निर्माण गरिएको हो । 

यसपालि नेपाल, भारत र बंगलादेशका १२ टिमको सहभागिता रहनेछ । भारतको दुर्गापुर स्टिल क्लब, सिक्किम युनाइटेड, बंगलादेशको एएचएम कामारुजमान, त्रिभुवन आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरीको (एपीएफ) क्लब, संकटा, थ्रीस्टार, मनाङ–मस्र्याङ्दी, झापा–११, कास्की–११ र आयोजक माइभ्याली फूटबल क्लबले प्रतिस्पर्धा गर्नेछन् । 

विजेताले नगद रु छ लाख ६६ हजार ६६७ र उपविजेताले रु चार लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । सर्वोत्कृष्ट खेलाडीले यमाहाको १५० सिसीको मोटरसाइकल प्राप्त गर्नेछन् । त्यसैगरी, सर्वाधिक गोलकर्ताले नगद रु २५ हजार र म्यान अफ दि म्याचले जनही रु १० हजार प्राप्त गर्नेछन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग