८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

मेलमिलाप र भ्रातृत्वका लागि खेलकुद: सभामुख महरा

५ बैशाख २०७५, बुधबार १०:०५

वैशाख ५, रोल्पा | सभामुख कृष्णबहादुर महराले मेलमिलाप र भ्रातृत्वका लागि खेलकूद जरुरी रहेको बताउनु भएको छ । 

रोल्पा नगरपालिकाले आयोजना गरेको मेयर कप खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै सभामुख महराले देशको विकास र सम्बृद्धिका लागि स्वस्थ र अनुशासित नागरिकको जरुरी रहेको बताउनुभयो । 

यस्ता प्रतियोगिताले ग्रामीण क्षेत्रमा लुकेर रहेका खेल क्षेत्रका प्रतिभाहरु प्रस्फुटन हुने सभामुख महराले आशा व्यक्त गर्नुभयो । 

रोल्पा नगरपालिकाले वैशाख ५ देखि ८ गतेसम्म लिबाङमा सञ्चालन गर्न लागेको मेयर कप खेलकूद प्रतियोगिता उद्घाटन कार्यक्रममा ऊर्जा सिँचाइ तथा जलस्रोतमन्त्री वर्षमान पुन, पूर्वसभामुख ओनसरी घर्तीमगर, प्रतिनिधिसभा सदस्य जयपुरी घर्ती, राष्ट्रियसभा सदस्य राजकुमार कवर, प्रदेशसभा सदस्य दीपेन्द्र पुनलगायतको आतिथ्यता रहेको थियो । 

सभामुख महरा आजै परिवर्तन गाउँपालिका रोल्पाले रांसीमा आयोजना गरेको अध्यक्ष कप खेलकूद प्रतियोगिताको समेत उद्घाटन गर्नुभएको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता