जिल्लामा सम्पन्न दशौ अन्तर मा.वि राष्ट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जिल्लामा सम्पन्न दशौ अन्तर मा.वि राष्ट"/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

प्रदेश खेलकुदमा जुम्लाबाट ६७ जना छनोट

७ बैशाख २०७५, शुक्रबार ०८:४१

नन्दराम जैसी/वैशाख ७ जुम्ला | प्रदेश स्तरीय खेलकुद प्रतियोगिताका लागि जुम्लाबाट खेलाडी सतिह ६७ जनाको टिम छनोट भएको छ ।


जिल्लामा सम्पन्न दशौ अन्तर मा.वि राष्टपति रनिङ शिल्ड प्रतियोगिताबाट यहि बैशाख महिनाभित्र हुने उक्त प्रदेश स्तरीय खेलकुद प्रतियोगिताका लागि जुम्लाका खेलाडीसहित ६७ जनाको टिम छनोट भएको हो । जसमा ४ जना खेल प्रशिक्षक, ४ जना टिम ब्यवस्थापक र ५९ जना खेलाडी रहेका छन् ।   

जिल्ला खेलकुद विकास समितिका अनुसार ऐथलेटिक्स छात्र, छात्रा, भलिबल छात्र, छात्रा, कवडी छात्र, छात्रा र तेक्वान्दो÷कँराते छात्र, छात्राहरुले प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा भाग लिने भएका छन् । तर प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा भाग लिने खेलाडीहरुको ब्यवस्थापनमा भने आर्थिक चुनौती देखिएको छ । पटक पटक हुने जिल्ला बाहिरका विभिन्न खेलकुद प्रतियोगितामा भाग लिने खेलाडीलाई आवतजावत भाडा, खाना नास्ता खर्च लगाएत ब्यवस्थापनको कुरामा आर्थिक समस्या हुदै आएको हो, यस पटक पनि खेलाडीको ब्यवस्थापनमा आर्थिक चुनौती थपिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हरीप्रसाद क्षेष्ठले बताए । दशौ अन्तर मा.वि राष्टपति रनिङशिल्ड प्रतियोगिताको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।   

सोहि कार्यक्रममा खेलकुद विकास समितिका कार्यालय प्रमुख कविदत्त न्यौपानेले रनिङशिल्ड प्रतियोगितामा भएको आय, ब्यय बिवरण प्रस्तुत गरेका थिए । जसमा आय तर्फ ११ लाख ३५ हजार र ब्यय तर्फ ८ लाख ३४ हजार ५ सय १० रुपैया रहेको उनले बताए । बाँकि बैंक मौज्दात रहेको रकम प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा भाग लिने खेलाडीको ब्यवस्थापनमा खर्च हुने उनको भनाइ छ । ‘तर यो रकमले ब्यवस्थापन गर्न पुग्दैन, अपुग बजेट ब्यवस्थापन गर्ने पहलमा छौ’ उनले भने, ‘गाँउपालिका र अन्य निकायसँग बजेट ब्यवस्थापनका लागि समन्वय भैरहेको छ ।’

उनका अनुसार दशौ अन्तर मा.वि राष्टपति रनिङशिल्ड प्रतियोगिता संचालनका लागि युवा तथा खेलकुद मन्त्रालयबाट ५ लाख २० हजार, चन्दननाथ नगरपालिकाले २ लाख, पातारासी गाँउपालिकाले १ लाख ५ हजार, तिला गाँउपालिकाले १ लाख, कनकासुन्दरी गाँउपालिकाले १ लाख ५ हजार र तातोपानी गाँउपालिकाबाट १ लाख ५ हजार रकम प्राप्त भएको थियो । बाँकि हिमा, सिंजा र गुठिचौर गाँउपालिकाबाट १ लाख ५ हजारका दरले ३ लाख १५ हजार रकम सहयोग भएमा प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा सहभागि हुने खेलाडीको ब्यवस्थापनमा सहज हुने कार्यालय प्रमुख न्यौपानेले बताए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले खेल क्षेत्रमा भएका कमिकमजोरी सुधार्दै समस्या समाधानमा सबै निकायले सहयोग गर्नुपर्ने बताए । प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा सहभागि हुने खेलाडीको ब्यवस्थापनमा देखिएको आर्थिक समस्या समाधान हुने आश्वासन दिएका छन् । ऐथलेटिक्स खेल मार्फत जुम्लाका खेलाडीले विश्वसामु आफ्नो पहिचान देखाएको भन्दै अन्य खेलकुदका कार्यक्रमलाई पनि प्रभावकारी बनाउन उनले सुझाब दिए ।

तातोपानी गाँउपालिका अध्यक्ष नवराज न्यौपानेले कुनै पनि खेल प्रतियोगितामा राम्रो प्रतिभा भएको खेलाडीलाई छुटाउन नहुने तर्क गर्दै खेल क्षेत्रमा चाहिने आवाश्यक बजेट बिनियोजनमा गाँउपालिकाले जोड दिने बताए । निमित्त जिल्ला शिक्षा अधिकारी महेश देबकोटाले अन्तर मा.वि राष्टपति रनिङशिल्ड प्रतियोगितामा नक्कली खेलाडी सहभागि नहुने बातावरण बनाउन जोड दिनुपर्ने सुझाब दिएका थिए ।    



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य