२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

दुनै प्रिमियर लिग सिजन ५ सुरु

२०७५, ८ बैशाख शनिबार १३:१४

टेकबहादुर शाही | बैशाख ८, डोल्पा | डोल्पा सदरमुकाम दुनैमा दुनै प्रिमियर लिक पाचौँ सस्करण “डिपिएल” सूरु भएको छ । डोल्पामा रहेका क्रिकेटका खेलाडीहरुलाइ क्रिकेटमा उत्साहित बनाउनका लागि बिगत ४ बर्ष देखि दुनै प्रिमियर “डिपिएल” को आयोजना गरिएको आयोजकका संयोजक क्षितिज गूरुङ्गले जानकारी दिए । 

शनिबार देखी संचालन भएको दुनै प्रिमियर लिग “डिपिएल”को खेलमा डोल्पाकै ४ वटा टिमहरुले सहभागीता जनाएको आयोजकले जानकारी दिएको छ । 

पाचौ स.स्करणमा दुनै लाइन्स क्लब, दुनै कोब्ब्रा क्लब,दुनै टाइगर टिम र जिल्ला प्रहरी कार्यलय डोल्पाले खेल्ने छन । उद्धघाटनको पहिलो खेलमा दुनै कोब्ब्रा क्लब र दुनै लाइन्स क्लब बिच प्रतिसपर्दा भएको थियो भने पहिलो चरणको दोस्रो खेलमा नेपाल प्रहरी र दुनै टाइगर बिच खेल भएको छ ।  

डिपियल दुनै क्रिक्रेट खेलको औपचारीक उद्धघाटनका साथ खेल सुरु मुख्य प्रायोजन ओमेन्द्र केसी र साहायक प्रायोजक चन्द्र बुढाले बलिङ्ग र बयाटिङ्ग गरेर खेल उद्धघाटन गरिएको छ । भने खेलको आयोजना गुरुङ्ग होटेल दुनैले गरेको छ । 


आज भएको पहिलो खेलमा पहिला ब्याटिङ्ग गर्न आएको दुनै लाइन्सले १८ ओभरमा अल आउट हुदै १५३ रण बनायो । खेल अबधिभर गणेश बुढाले ५३ रण बनाएर अर्धशतक पारि खेले । त्यसै गरि दुनै कोब्ब्राका सुरेस रोकायाले सर्बाधिक ४१ रण बनाउन सफल भए ।

जफाबी ब्याटिङ्ग गर्न आएको दुनै कोब्ब्राले ८ विकेट गुमाउदै जित हहात पारेको छ । दुनै लाइन्सको लागी अबिशेक केसीले ४ विकेट लिए भने दुनै कोब्ब्राको लागी सर्बाधिक ४ विकेट सुसोत परियारले लिए ।  

दोस्रो खेलमा टस हारेर ब्याटिङ्ग गरेको दुनै टाइगर्स ९४ रणमा अलआउट भयो । जवाफी ब्याटिङ्गमा आएको नेपाल प्रहरी डोल्पाले ७ विकेट गुमाउदै जित हात पारेको छ ।  भोली हुने खेल नेपाल प्रहरी डोल्पा र दुनै लाइन्सको खेल हुने  आयोजक गुरुङ्ग होटेलले जानकारी दिएको छ । 

दुनै प्रिमियर लिगमा प्रथम हुनेले नगद ५० हजार प्रमाणपत्र मेडल र दोस्रो हुनेले २० हजार मेडल प्रमाणपत्र पाउने छन । खेलको आयोजना होटेल गूरुङ्ग,ओमपार रेष्टुरेण्ट लगायत दर्जनौले गरेका छन । खेल लिगचरणमा हुने आयोजकले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना