२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

मंगलसेनमा प्रथम मेयरकप भलिबल प्रतियोगिता हुने

२०७५, १३ बैशाख बिहीबार १५:५८

कमल रावल | बैशाख १३, अछाम | मंगलसेन नगरपालिकामा प्रथम मेयरकप भलिबल प्रतियोगिता आयोजना गरिने भएको छ । 

मंगलसेन नगरपालिकाको आयोजना तथा जिल्ला खेलकुद बिकास समिती अछामसँगको सहकार्यक्रमा बैशाख २० गतेबाट प्रथम मेयरकप पुरुष भलिबल प्रतियोगिता हुने भएको हो । अछाम जिल्लाका १० वटा स्थानिय तहका भलिबल टिमको सहभागिता रहने प्रतियोगितामा प्रथम हुने टिमले नगद ७१ हजार सहित कप हात पार्नेछ भने दोस्रोले २५ हजार र तेस्रोले १५ हजार पुरुस्कार पाउने नगरपालिकाले जनाएको छ । 

अछामका भलिबल खेलाडीको प्रतिभा प्रष्फुट्नका लागि प्रतियोगिता आयोजना गरिएकाले भब्यताका साथ सफल हुने मंगलसेन नगरप्रमुख पदम बहादुर बोहराले बताउनु भयो । सम्बन्धीत स्थानिय तहको खेलाडीले मात्र प्रतियोगिता सहभागिता जनाउन पाउने भएकाले कुनै खेलाडीमा सँका आएमा मतदाता नामावली र नागरिकताको प्रमाणपत्र समेत अनिवार्य समाबेश गर्ने नियम बनाईएको जिल्ला खेलकुद बिकास समिती अछामका कोषाध्यक्ष तपेन्द्र कुमार स्वारले बताउनु भयो । 

मंगलसेन रँगशालामा हुने प्रतियोगितामा बैशाख १९ गते बेलुकासम्म दर्ता भएका टिमले खेल्न पाउने उहाँले बताउनु भयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना