२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

भनभनेको भलिवल प्रतियोगितामा विजेता टिमुरखर्क

२०७५, १६ बैशाख आईतवार १३:०६

प्रेम सुनार | वैशाख १६, गुल्मी । जन जागृति युवा क्लव, मदाने गाउँपालिका वडा नम्वर ७, भनभनेले  दुई दिन देखि आयोजनका गरेकोे भलिवल प्रतियोगितामा सनराईज युवा क्लव  साविकको भनभने ७ टिमुखर्कले विजयी हाँसिल गरेको छ ।

क्लवको ५ औं वार्षिकोत्सवको अवसरमा  साविकको भनभनेको वडा स्तरिय भलिवल प्रतियोगितामा  उपविजेता बनेको छ घरेलु टिम जनजागृति युवा क्लव । त्यस्तै तृतिय पुरस्कार पनि आयोजक कै अर्को टिमले हाता पारेको छ ।

पुरस्कार राशी क्रमशः १० हजार, ७ हजार र ४ हजार रहेको छ  । उक्त नगद पुरस्कार सहित मेडल र प्रमाण पत्र कार्यक्रमका प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा स्थानिय समाज सेवी बुद्धिबहादुर जिसी, क्लवका अध्यक्ष गोपाल भण्डारी   लगायतका अतिथीहरुले वितरण गरेका थिए ।

कार्यक्रममा मदाने गाउपालिकाका प्रमुख कार्यकारी अधिकृत सुरेश भण्डारी, मदाने ७ का वडाध्यक्ष काँशीबहादुर बोहरा , नेकपा एमालेका जिल्ला सदस्य चन्द्रबहादुर सुनार , नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य रामप्रसाद पाण्डे, नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज भुसाल, दिपक माविका प्रधानध्यापक थानेश्वर खनाल लगायतकाको विशेष आतिथ्यता रहेको थियो  ।

खेलाडी एवं दर्शकलाई सम्वोधन गर्दै प्रमुख अतिथी जिसीले खेल शाररिक चुस्ता र अनुशासनरका लागि खेल भएको बताउँदै अहिलेको सरकारले युवाहरुलाई रोजगारी र खेलकुद विकासका लागि विभिन्न कार्यक्रमहरु  ल्याउने जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना