२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

दोश्रो खोटाङ–हलेसी खुल्ला अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको तयारी पुरा

२०७५, १९ बैशाख बुधबार १५:५५

चिसाङ शेर्पा | बैशाख १९, खोटाङ | विहीबारबाट शुरु हुने दोश्रो खोटाङ–हलेसी खुल्ला अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको तयारी पुरा भएको छ । बैशाख २०, २१, २२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि स्टील मञ्च, प्याराफिट, कम्पाउण्ड, डस्टविन, अस्थायी शौचालय, स्वागतद्धार गेट, लगायतका भौतिक संरचनाहरु निर्माण सकिएसँगै तयारी पुरा भएको हो । 

खेल संस्कृतिको विकास गर्दै खोटाङलाई खेलकुदको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने उद्देश्यले नेपाल सितोरियो करातेसंघ खोटाङको आयोजनामा सदमुकाम दिक्तेलस्थित माटिकोरे खेलमैदानमा भोलीबाट शुरुवात हुने प्रतियोगिताका लागि खेलाडीको आवास व्यवस्थापन, ट्रफी, प्रमाणपत्र, पुरस्कार सबैको तयारी पुरा भएको नेपाल सितोरियो करातेसंघ खोटाङका अध्यक्ष सन्जय कुमार राईले जानकारी दिए । 

१७ स्वर्ण, १७ कास्य ३४ पदकगरी ६८ पदक प्रतियोगिताका लागि अन्तर्राष्ट्रिय टिमहरु भारत र श्रीलंका बिभागिय टिमहरु नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपालका सात प्रदेशका ७ टिम आज रातीसम्ममा दिक्तेल आईपुग्ने करातेसंघ खोटाङका अध्यक्ष राईले बताए । प्रतियोगिताका लागि नेपाली सेना, शुभद्र–मदन फाउण्डेसनका विधार्थी तथा आयोजकले मञ्च निर्माण गरेका हुन् ।  


प्रतियोगिताका टिम प्रथमले १ लाख, दोश्रोले ७० हजार र तेश्रोले ५० हजारका साथ ट्रफि र प्रमाणपत्र पाउनेछ । 

अनुशासित टिम, उत्कृष्ट मार्चपास टिम, उत्कृष्ट महिला पुरुष, उत्कृष्ट टिम कोच, उत्कृष्ट टिम व्यवस्थापक तथा अनुशासित पुरुष महिलाले जनही २०/२० हजार नगद पुरस्कार पाउने छन् । प्रतियोगिता भोलि बिहान ११ बजे विभिन्न जातजाती, भेषभूषासहित रत्नपार्क–हाँटडाडाँ, हाँटडाडाँ–माटिकोरे र्याली निकालेर  खेलमैदानमा पुगेपछि कार्यक्रम औपचारिक रुपमा शुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त