२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सुनसरीमा पुष्पलाल स्मृति ब्याडमिन्टन वैशाख २६ देखि हुने

२० बैशाख २०७५, बिहीबार ०८:०२

वैशाख २० इटहरी | नेपाल खेलकूद महासंघ र नेपाल ब्याडमिन्टन संघको आयोजना तथा अन्य विभिन्न संघको सह संयोजनमा यही वैशाख २६ गतेदेखि योनेक्स सनराइज सातांै राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता इटहरीमा आयोजना गरिने भएको छ । 

सुनसरी जिल्लामा ब्याडमिन्टन खेलको प्रवद्र्धनमा सक्रिय इटहरी ब्याडमिन्टन क्लब सुनसरी ब्याडमिन्टन एकेडेमी सगरमाथा ब्याडमिन्टन क्ल्ब र रक्तमाला ब्याडमिन्टन क्लब समेतको सहप्रायोजन रहने उक्त प्रतियोगितामा चार सय बढी खेलाडीले पाँच सय चार वटा इभेन्ट्समा सहभागिता जनाउने कुरा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

प्रतियोगितामा सहभागी खेलाडीले मेन सिंगल, मेन डबल, विभेन सिंगल, विमेन डबल अण्डर १९ ब्वाइज सिंगल अण्डर १९ गल्स सिंगल र भेट्रान्स डबल इभेन्ट्सका खेल हुने प्रतियोगिता आयोजक केन्द्रीय संयोजक सुरेश कार्कीले बताउनुभयो । 

सो प्रतियोगिताका विजेताका लागि नगद ट्रफ्री एवं अन्य पुरस्कारका लागि रु तीन लाख ६५ हजार विनियोजन गरी सोही अनुरुप पुरस्कारको व्यवस्था मिलाइएको छ । 

इटहरी ब्याडमिन्टन संघका अध्यक्ष मणिराज गुरुङ र ब्याडमन्टिन संघका केन्द्रीय महासचिव सुनिल शाक्य लगायतले पनि प्रतियोगिताका विषयमा जानकारी गराउनुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य