२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

खेलाडीले देशको नाम उच्च राख्न ससक्छनः सांसद कुवर

२०७५, २० बैशाख बिहीबार १६:५३

कमल रावल | बैशाख २०, अछाम | राष्ट्रिय सभा सांसद शेर बहादुर कुवरले खेलाडीले देशको नाम उच्च राख्न सफल भएका बताउनु भएको छ । देशलाई चिनाउने खेल क्षेत्र नै पहीलो भएकाले यसतर्फ अबको लगानि हुनु पर्ने बताउनु भयो । 

मंगलसेन नगरपालिकाले आयोजना गरेको प्रथम मेयरकप जिल्ला स्तरिय भलिबल प्रतियोगिताको सदरमुकाम मंगलसेनमा उदघाट्न गर्दै कुवरले अछामको ईज्जत र प्रतिष्ठा बचाउनका लागि सबै खेलाडीले सक्नु पर्ने धारण राखेका थिए ।


अछाम जिल्ला चर्चित खेलाडी उत्पादन गर्न सफल होस भन्ने शुभकामना समेत ब्यक्त गरेका थिए । कार्यक्रमका प्रमुख अतिथी रहेका नेकपा एमाले अछामका अध्यक्ष समेत रहेका कुवरले अहीलेको पहीलो एजेण्डा संघियता कार्यान्वयन भएकाले यसलाई सबैले सहयोग गर्नु पर्ने धारणा राखेका थिए । देश बनाउने अभिभारा आईपरेकाले सबै मिलेर अघि बढनु पर्ने बताउनु भयो । मंगलसेन नगरपालिका नगर प्रमुख पदम बहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रमका बिशिष्ट अतिथी प्रतिनिधी सभा साँसद यज्ञ बहादुर बोगटीले खेल जगतको बिकासका लागि अब सबैले लाग्नु पर्ने बताउनु भयो । जिल्लामा थुप्रै खेलाडी उत्पादन भएतापनी अझै उचित खेलमैदानको ब्याबस्था हुन नसकेको बताउनु भयो । आगामि दिनमा अभाव खेलमैदानलाई पुर्ति गर्न आफ्नो पहल कदमी निरन्तर जारी रहने बताएका थिए । 


अर्का बिशिष्ट अतिथी प्रदेश सांसद बल बहादुर सोडारीले अछाम जिल्लामा खेलमैदानको अभाव भएकाले प्रदेश सभाको बैठकमा मैदानको लागि पहल गर्ने धारणा राखेका थिए । कार्यक्रममा अछामका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य, तुर्माखाद गाउपालिका अध्यक्ष पुष्पराज शर्मा, नेकपा एमाले प्रदेश कमिटी सदस्य कमल तिमिल्सैना, नेपाली काग्रेसका कार्यालय सचिव महेश जैसि, नेकपा माओवादि केन्द्र केन्द्रिय आयोजक कमिटी सदस्य खगेन्द्रमान सिहले शुभकामना मन्तव्य राख्नु भएको थियो । मंगलसेन नगरपालिका उपप्रमुख सरिता उपाध्यायको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संञ्चालन जिल्ला खेलकुद बिकास समिती कोषाध्यक्ष तपेन्द्र कुमार स्वारले गर्नु भएको थियो । प्रतियोगिताका अछामका ७ वटा स्थानिय तहका ८ टिमको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना