2026-09-19 11:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सर्वाधिक धनराशी पुरस्कारको भलिबल प्रतियोगिता जेठ पहिलो हप्ता खोटाङमा हुने

चिसाङ शेर्पा/बैशाख÷२४ खोटाङ | खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा सर्वाधिक धनराशी पुरस्कारको पुरुष तथा महिला खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । गाउँपालिकाको आयोजनामा वडा नं. ७ टेम्मास्थित कृष्ण माविको प्राङगणमा आगामी जेठ १० गतेदेखी १२ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ । 

खेलकुदको माध्यमबाट गाउँपालिकाको पर्यटन र प्रर्वद्धनमा टेवा पुर्याउने उद्देश्यले आयोजना हुने प्रतियोगितामा पुरुषतर्फ प्रथम टिमले १ लाख ३० हजार, दोश्रो टिमले ८० हजार, तेश्रो टिमले ५० हजार र महिलातर्फ प्रथम टिमले ५० हजार, दोश्रो टिमले ३५ हजार, तेश्रो टिमले २५ हजार नगदका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउँने छन् । 

प्रतियोगिताका महिला÷पुरुष उत्कृष्ट खेलाडी, अनुशासीत खेलाडीले ५÷५ हजार नगद पुरस्कार पाउने गाउँपालिका उपप्रमुख सपना राईले बताईन् । प्रतियोगितासँगै एकल नृत्य प्रतियोगिता समेत हुनेछ । नृत्यतर्फ पहिलोले १० हजार, दोश्रोले ७ हजार र तेश्रोले ५ हजार पुरस्कार पाउने छन् । भलिबलका लागि पुरुषतर्फ ५ हजार, महिलातर्फ २ हजार र एकल नृत्यका लागि ५ सय टिमदर्ता शुल्क लाग्ने गाउँपालिकाले जनाएको छ । 

मुलुक संघिय संरचनामा गईसकेपछि गाउँपालिका तथा नगरपालिकाको हकमा सबैभन्दा ठूलो धनराशी पुरस्कारमा हुने प्रतियोगिता जिल्लाको इतिहासमा पहिलो रेर्कड भएको गाउँपालिका प्रमुख भुपेन्द्र राईले बताए । प्रतियोगिताका लागि स्वयंसेवक परिचालन समिति, अतिथि व्यवस्थापन समिति, आवास व्यवस्थापन समिति र खेलकुद सञ्चालन उपसमिति गठनसँगै सम्पुर्ण तयारी पुरा भएको गाउँपालिका प्रमुख राईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ