2026-09-19 11:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

अनुप स्मृति गोल्ड कपमा नेर्पा च्याम्पियन, उपविजेता बुइपा

चिसाङ शेर्पा | बैशाख ३१, खोटाङ | अनुप स्मृति गोल्ड कप खुल्ला पुरुष फुटबल प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा च्याम्पियन बनेको छ । 

फाईनलमा अत्यन्तै प्रर्तिस्पर्धात्मक खेलेका बुइपा सेवा समाज बुइपालाई ट्राइबेकरमा ६–५ गोल गर्दै नेर्पा च्याम्पियन बनेको हो । निर्धारित समयमा दुबै समुहबाट २/२ गोल भएपछि खेल ट्राइबेकरमा गएको थियो ।

‘खोटाङमा व्यावसायिक फुटवलको विकास पर्यटन र व्यापार प्रवद्र्धनमा हाम्रो प्रयास’ भन्ने नाराका साथमा गतवर्ष देखी सञ्चालित गोल्डकपको दोश्रो संस्करणको च्याम्पियन नेर्पाले नगद रु १ लाख ५१ हजार १११ र उपविजेता बुइपा सेवा समाज बुइपाले ७५ हजार ५५५ रुपैयाँ नगदका साथमा कप, मेडल, प्रमाणपत्र प्राप्त गरेका छन् ।

माउण्ट एभरेष्ट बोर्डिङ स्कुल र दिक्तेल फुटबल क्लवको संयुक्त आयोजनामा गएको बुधबारदेखी दिक्तेल रत्नपार्कस्थित माटिकोरे खेलमैदानमा जारी प्रतियोगितामा भोजपुर नगरपालिका भोजपुर र फ्रेण्डसीप यातायात सेवा काठमाण्डौ सेमिफाईनलिस्ट भएका छन् । सेमिफाईनलिस्ट दुई टिम समुहले नगद रु २५/२५ हजार पुरस्कार पाएको अनुप स्मति गोल्ड कपका खेल संयोजक यूधिर शाक्यले बताउनुभयो । 

तश्विरमा: च्याम्पियन बनेपछि पुरस्कार ग्रहण गर्दै नेर्पाका खेलाडीहरु | तस्विर: चिसाङ शेर्पा, सास/खोटाङ 

प्रतियोगितामा नेर्पाका विकेश श्रेष्ठ उत्कृष्ट गोलकिपर, नेर्पाकै अर्जुन रोक्का उत्कृष्ट डिफेन्स, बुइपा सेवा समाज बुइपाका सूजल श्रेष्ठ उत्कृष्ट मिडफिल्डर, बुइपाकै तेज राई उत्कृष्ट स्ट्राइकर, आयोजक टिमका वर्तमान राई सर्वाधिक गोलकर्ता, नेर्पाका सूनिल तामाङ मेन अफ द टुनामेन्ट, नेर्पाका सरद राई वेष्ट कोचले नगद ५/५ हजार तथा दिक्तेल फुटबल क्लब आयोजक अनुशासित टिम समुहले ५ हजार २२५ रुपैयाँ नगद पुरस्कार सहित ट्रफि, मेडल र प्रमाणपत्र पाएका छन् । विजयी टिम समुह तथा उत्कृष्ट खेलाडीलाई खोटाङका प्रदेशसभा सदस्य रामकुमार राई, मेयर दिपनारायण रिजाल, उपमयेर बिनादेबी राई, दिक्तेल फुटबल क्लबका संरक्षक कुमार आचार्यले पुरस्कार वितरण गरेका थिए । 

माउण्ट एभरेष्ट बोर्डिङ स्कुलमा कक्षा नर्सरीमा अध्ययनरत बालक अनुप राईलाई २०६२ जेष्ठ २ गते दिक्तेल बजारको पुरानो बैंकचोकमा ट्याक्टरले ठक्कर दिंदा ज्यान गएको संम्झनामा गतवर्ष देखी फुटबलको इतिहासमा सर्वाधिक धनराशी पुरस्कार भएको अनुप स्मृति गोल्डकप प्रतियोगिता गर्न थालिएको हो । दोश्रो संस्करणमा भोजपुर, काठमाण्डौ सहित जिल्लाभित्रका ९ टिमगरी १२ टिम समुहको सहभागिता रहेको थियो । फाईनल खेलभन्दा अगाडी नेपाल पत्रकार महासंघ शाखा खोटाङ र खोटाङ उधोग वाणिज्य संघविच मैत्रीपुर्ण खेल भएको अनुप स्मृति गोल्ड कप मूल आयोजक समिति संयोजक सागर जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ