2026-09-19 03:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

रात्रिकालीन क्रिकेट प्रतियोगिताको तयारी पूरा

असोज २०, इनरुवा | सुनसरी सदरमुकाम इनरुवामा आजबाट शुरु हुने रात्रिकालीन क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । मुलुकमै पहिलो पटक इनरुवामा रात्रिकालीन क्रिकेट प्रतियोगिता हुनलागेको हो । 

फूलबारी क्रिकेट क्लब इनरुवाको आयोजनामा हुन लागेको रात्रिकालीन क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको आयोजक संस्थाका अध्यक्ष शिवु यादवले बताउनुभयो । 

सुनसरी सदरमुकाम इनरुवामा पत्रकार सम्मेलनको आयोजना गरेर खेलको तयारी पूरा भएको आयोजकले जानकारी दिनुभयो । प्रतियोगितालाई इनरुवा नगरपालिकाले प्रायोजन गरेको छ । मेयर कप टी ट्वान्टी ९२०० प्रतियोगिता इनरुवास्थित खेल मैदानमा हुने आयोजकले जनाएको छ । 

प्रतियोगितामा आयोजकसहित १० टिमको सहभागिता रहने जनाइएको छ । उद्घाटन खेल आयोजक फूलबारी क्रिकेट क्लब र बेलबारी क्रिकेट क्लबबीच खेल हुनेछ । खेल राति ७ बजेबाट शुरू हुने आयोजक संस्थाका अध्यक्ष यादवले बताउनुभयो । 

कार्यक्रममा इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले प्रतियोगिता मुलुककै लागि गौरव भएको बताउँदै इनरुवालाई चिनाउनका लागि समेत रात्रिकालीन क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको उल्लेख गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई