2026-09-19 08:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

फुटबल मैदानको शिलान्यास

कात्तिक ७, खोटाङ (रासस) | केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित जरङ्खामा अन्तर्राष्ट्रियस्तरको फुटबल खेल मैदान बन्ने भएको छ । 

पाँच वर्षभित्र बन्ने सो मैदानको आज प्रदेशसभा सदस्य राजन राईले शिलान्यास गर्नुभएको हो । अन्तर्राष्ट्रियस्तरको मापदण्ड पूरा गर्नेगरी निर्माण गर्न लागिएको खेल मैदान आगामी मङ्सिर पहिलो सातादेखि शुरु गरिने छ । 

स्थानीयवासी छ दाताले रु ४६ करोडभन्दा बढीको जग्गा निःशुल्क उपलब्ध गराएको गाउँपालिका प्रमुख कृष्णकुमार राईले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीयवासी नारायणबहादुर गुरुङ, मनकुमार गुरुङ, डिगबहादुर गुरुङ, गङ्गाबहादुर गुरुङ, धनकुमारी गुरुङ र भूपालसिंह गुरुङले २८ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका हुन् । 

केन्द्र सरकार तथा प्रदेश सरकार, राष्ट्रिय खेलकूद परिषद्, स्थानीय सरकार तथा दाताको सहयोगमा खेल मैदान निर्माण गरिने बताइएको छ । प्रतियोगिता भएको समयमा कम्तीमा पनि ५० हजारभन्दा बढी दर्शक बस्न सक्ने गरी प्याराफिट बनाइने निर्माण उपभोक्ता समितिले जनाएको छ । ग्रामीण क्षेत्रमा रहेका खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउने उद्देश्यले बाक्सिलामा अन्तर्राष्ट्रियस्तरको खेल मैदान निर्माण गर्न लागिएको जिल्ला खेलकूद विकास समितिका अध्यक्ष माइतीराज राईले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई